काठमाडौँ : नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले महिलाहरुको महान पर्वको रुपमा मानिने तीजमा पार्टी प्यालेसमा गीत गायनमा लगाइएको प्रतिवन्ध फिर्ता लिनुपर्ने माग गरेकी छिन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले तीजमा पार्टी प्यालेसमा दर खान र गीत गायनमा लगाइएको बन्देजप्रति सरकारको आलोचना गरेकी हुन् ।
‘पार्टी प्यालेसमा लगाईएको प्रतिबन्ध फिर्ता लिईयोस् भनेर सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ ,उनले भनिन् ‘महिलाहरुले एक दिन पार्टी प्यालेसमा रमाइलो गर्दा भ्रष्टाचार हुने हो र ?’ विवाहामा ५१ जना भन्दा बढी जन्ती लिन नपाउने भनिएपनि त्यसो नभएकाले महिलाले मनाउने तीजमा पार्टी प्यालेसमा बन्द गर्नु उचित हुँदैन’।
सरकारले तिज पर्वलाई महिलाहरुले भड्किलो बनाउने परम्परा बढ्दै गएको भन्दै पार्टी प्यालेसमा दर खान र नाचगान गर्ने कार्यमा कडाई गर्ने निर्णय गरेको थियो ।