पुष २० गतेसम्म यी ३ राशिले जिउनेछन् ऐश-आरामको जिन्दगी, बुधको कृपाले बढ्नेछ धन-सम्पत्ति

काठमाडौँ : ग्रहहरूको राजकुमार बुधको ज्योतिषशास्त्रमा विशेष महत्व छ। बुध ग्रहलाई बुद्धि, तर्क, त्वचा, वाणी, सञ्चार र मित्रताको नियन्त्रक ग्रह मानिन्छ,  जुन कुनै पनि राशिमा २० देखि २१ दिनसम्म विराजमान रहनेछ। यद्यपि यसबीच दुई देखि तीन पटकसम्म बुधको नक्षत्र परिवर्तन हुन्छ। राशि परिवर्तन बाहेक नक्षत्र परिवर्तनले पनि १२ राशिको जीवनमा गहिरो प्रभाव पार्छ।

वैदिक पञ्चाङ्ग अनुसार पुषको तेश्रो हप्तातिर बुधले आफ्नो राशि परिवर्तन गर्नेछ। पुष २० गते शनिबार दिउँसो १२ बजेर २६ मिनेटमा बुधदेव धनुराशिमा गोचर गर्नेछ। बुध ग्रहको गोचरबाट कुन-कुन राशिलाई फाइदा पुग्ला त ?

यी राशिका लागि शुभ रहनेछ बुधको गोचर

मिथुन राशि

मिथुन राशिका लागि बुधको गोचर लाभदायी रहनेछ । धनसम्पत्ति वृद्धिसँगै समाजमा व्यवसायीहरुको मान–सम्मान बढ्नेछ । वैवाहिक दम्पतीबीच चलिरहेको मतभेद समाधान हुनेछ, जसका कारण सम्बन्ध पहिले भन्दा बलियो हुनेछ। विगत दुई–तीन महिनादेखि पूरा हुन नसकेको तपाईको काम छिट्टै पूरा हुनेछ । पसल किन्ने सपना पुष २० गतेसम्म पूरा हुनेछ । बदलिँदो मौसममा ३० वर्षभन्दा माथिका मानिसको स्वास्थ्य राम्रो रहनेछ ।

तुला राशि

विवाहित व्यक्तिको जीवनसाथीको आम्दानी बढ्नेछ, जसका कारण दम्पतीले विलासी जीवन बिताउनेछन्। सामाजिक कार्यमा सक्रिय भएर लाग्ने व्यक्तिको समाजमा नाम हुनेछ । यदि तपाईको कुनै मुद्दा अदालतमा अड्किएको छ भने, तपाईलाई पुष २० गतेसम्ममा सफलता मिल्न सक्छ। ३४ वर्षभन्दा माथिका व्यक्तिले रुघाखोकी र जोर्नी दुख्ने समस्याबाट राहत पाउनेछन् । यसका साथै छालासम्बन्धी समस्याबाट पनि विद्यार्थीले राहत पाउनेछन् ।

मकर राशि

कम्पनीको तर्फबाट रोजगारी पाएका व्यक्तिहरूले विदेश जाने अवसर प्राप्त गर्न सक्नेछन्। विवाहितको सम्बन्धमा चलिरहेको समस्याको अन्त्य हुनेछ। आफ्नो पार्टनरसँग पर्याप्त समय बिताउँदा मन प्रसन्न रहनेछ। बृद्धबृद्धाहरुले खानपानमा बिशेष ध्यान दिएमा बदलिँदो मौसममा उनीहरुको स्वास्थ्य राम्रो रहन्छ । आफ्नै नाममा घर किन्ने पसलेको सपना छिट्टै पूरा हुने सम्भावना छ । व्यवसायीको नाफा बढेसँगै उनीहरुले आफ्नो नाममा कार किन्न सक्छन् ।

अर्को समाचार: