मङ्सिर १९ गतेको पञ्चाङ्ग तथा राशिफल :
दिन : बुधवार
तिथि : तृतीया १२:३६ बजेसम्म, त्यसपछी चतुर्थी
नक्षत्र : पूर्वाषाढा १७:२८ बजेसम्म, त्यसपछी उत्तराषाढा
योग : गण्ड १४:५५ बजेसम्म, त्यसपछी वृद्धि
करण : गर १२:३६ बजेसम्म, त्यसपछी वणिज ००:२१बजेसम्म, त्यसपछी भद्रा
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
तपाईले आफ्नो उग्र स्वभाव र जिद्दीपनलाई नियन्त्रणमा राख्न आवश्यक छ। परिश्रम अनुसारको यथोचित फल नमिल्दा निराशा अनुभव गर्नुहुनेछ। स्वास्थ्यमा खराबी आउने सम्भावना छ। वैदेशिक यात्रा या रोजगारको योजना बनाउँदै हुनुहुन्छ भने अहिलेको समय अनुकूल छैन। सन्तानको चिन्ता बढ्नेछ। सोचविचार बिना कुनै काम नगर्नुस्। सरकारी काममा सफलता मिल्नेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
तपाईको आत्मविश्वास र दृढ मनोबलले काममा सफलता मिल्नेछ। विद्यार्थीको अध्ययनमा रुचि बढ्नेछ। सरकारी कामकाजमा सफलता प्राप्त हुनेछ। सन्तानको लागि धेरै पैसा खर्च हुनेछ। वृष राशिका कलाकार तथा खेलाडीले आफ्नो कला- कौशल्य प्रदर्शन गर्न पाउनेछन्। सम्पत्तिसम्बन्धी कुनै पनि कागजपत्रमा हस्ताक्षर नगर्नुहोला।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
दिनको सुरुवात स्फूर्तिपूर्ण तरिकाले हुनेछ। भाग्यले तपाईलाई साथ दिनेछ। विचारमा आउने अस्थिरताका कारण अलमलमा पर्नुहुनेछ। नयाँ कामको थालनी गर्न सकिनेछ। इष्टमित्र, आफन्त तथा छिमेकीसँगको सम्बन्ध सुमधुर रहनेछ। गणेशजीको आशीर्वादले तपाईलाई आर्थिक लाभ पनि मिल्नेछ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
तपाई मानसिक रुपमा भयभीत रहनुहुनेछ। परिवारका सदस्यसँग मतभेद या मनमुटाव हुने सम्भावना छ। तपाईको घमण्डले कसैको मनमा ठेस पुर्याउन सक्छ। विद्यार्थीहरूले पढाइमा ध्यान केन्द्रित गर्न सक्ने छैनन्। खर्च धेरै हुनेछ। मन असन्तुष्ट रहनेछ। कुनै गलत काममा नफस्नुहोला।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
आफ्नो आत्मविश्वासको सहारामा तपाईले शीध्र निर्णय लिन सक्नुहुनेछ। मान- सम्मानमा वृद्धि हुनेछ। तपाईको उग्र व्यवहार र वाणीको कारण कसैसँग विवाद हुन् सक्छ। पिता या वृद्द व्यक्तिबाट तपाईलाई लाभ मिल्न सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। दाम्पत्य जीवनमा मधुरता आउनेछ। सरकारी कामकाजको समाधान छिट्टै निस्किनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
तपाईको तन-मनमा भयले डेरा जमाउनेछ। कसैसँग झगडाको कारण तपाईको अभिमान खस्किनेछ। अचानक खर्च बढ्नेछ। दाम्पत्य जीवनमा मतभेदको सम्भावना छ। शारीरिक तथा मानसिक स्वास्थ्य स्थिर रहनेछ। तपाई अधीनस्थ कर्मचारीले तपाईलाई समस्यामा पार्नेछन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तपाईलाई कुनै शुभ फल प्राप्ति हुनेछ। साथीभाईसँग कतै घुमघाममा जानुहुनेछ। परिवारसँग सुखद् समय व्यतीत गर्नुहुनेछ। सन्तान तथा पत्नीको तर्फबाट सन्तुष्टि र सुख प्राप्त गर्नुहुनेछ। व्यापार बढ्नेछ। विवाहोत्सुक युवा-युवतीको विवाह हुने सम्भावना छ। दाम्पत्य जीवनमा सुख शान्तिको अनुभव हुनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
तपाईले पारिवारिक जीवनको वास्तविकता बुझ्नुहुनेछ। घरमा खुशीको माहौल रहनेछ। हरेक काममा सफलता मिल्नेछ। व्यापारमा राम्रो अवसर मिल्नेछ र आम्दानी बढ्नेछ। जागिरमा प्रगति हुनेछ। जेष्ठ नागरिक तथा उच्च पदाधिकारीबाट सहयोग र प्रोत्साहन प्राप्त हुनेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। सन्तान पक्षबाट सन्तुष्टि प्राप्त गर्नुहुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। काममा उत्साह कम रहनेछ र मानसिक रुपमा भयभीत रहनुहुनेछ। सन्तानसँग सम्बन्धित समस्याले सताउनेछ। जागिर या व्यापारमा कुनै समस्याको सामना गर्नु पर्नेछ। कुनै पनि कदम चाल्नु अघि सोचविचार गर्न आवश्यक देखिन्छ। काममा निर्धारित सफलता मिल्नेछैन। उच्च अधिकारी र प्रतिद्वन्द्वीसँग मतभेद बढ्न सक्छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
आजको दिन नकारात्मक सोच हटाउन लाभदायी रहनेछ। कठिन परिस्थितिबाट बाहिर निस्कन शान्त स्वभावका साथ काम गर्नुपर्छ। साझेदारहरूसँग मतभेद हुन सक्छ। आकस्मिक वैदेशिक यात्रा या रोजगारीको योग छ। कुनै पनि खाले नयाँ सम्बन्ध बनाउनुबाट बच्नुहोस्। खानपानमा विशेष ध्यान दिनु आवश्यक छ अन्यथा स्वास्थ्य बिग्रन सक्छ। सरकारी कामकाज राम्ररी सम्पन्न हुनेछ। आकस्मिक आर्थिक लाभ हुन सक्छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
तपाई आज आनन्द र उत्साहले भरिपूर्ण रहनुहुनेछ। तपाईको आत्मविश्वास बढ्नेछ र तपाईले काममा सफलता प्राप्त गर्न सक्नुहुनेछ। उत्साह र उमङ्गले गर्दा निकै उर्जावान महसूस गर्नुहुनेछ। विपरित लिंगीय व्यक्ति भेट्टाउनुहुनेछ र रोमाञ्चित पलहरु बिताउनुहुनेछ। समाजमा सम्मान प्राप्त हुनेछ। स्वादिष्ट भोजन, सुन्दर पहिरन र वाहनसुख प्राप्त गर्नुहुनेछ। साझेदारीको व्यापारबाट लाभ हुनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
दृढ मनोबल र आत्मविश्वासको कारण काममा सफलता मिल्नेछ। परिवारमा सुख शान्ति छाउनेछ। बोली र व्यवहारमा तपाईको क्रोध प्रतिबिम्बित नहोस् भन्ने कुरामा ध्यान दिनुहोस्। जागिरदारहरुले कार्यस्थलमा मान-सम्मान प्राप्त गर्नेछन्। प्रतिद्वन्द्वीमाथि विजय हासिल गर्नुहुनेछ। अस्वस्थ व्यक्तिको स्वास्थ्यमा सुधार देखिनेछ। शारीरिक मानसिक स्वस्थता कायम रहनेछ।