• साताको राशिफल : – मङ्सिर ८ गतेदेखि मङ्सिर १४ गतेसम्मको साप्ताहिक राशिफल
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मध्यमखालको साता छ । गरेको काम बिग्रने त देखित्र तर मनमा डर भने लागिरहला । सानो सानो कुराले पनि शङ्का थप्न सक्छ । आर्थिक स्थिति भने बलियो नै रहला । व्यावसायिक कामबाट मध्यम लाभ हुने स्थिति छ । शिक्षाको क्षेत्रमा बढी खर्च होला ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
खर्च त बढी रहला तर गरेका काम बत्राले मन प्रसत्र नै हुनेछ । यो सातामा चन्द्रमाको स्थिति राम्रो भएकाले धेरै काममा सफलता मिल्न सक्छ । सहयोग दिने त धेरै छैनन् तर आफ्नै बलबुताले धेरै काम गरिएला । परिवारमा मध्यम स्थिति छ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मङ्गलबारसम्मका दिनहरू राम्रा छैनन् । धेरै काममा असफलता मात्रै पाइएला मित्रहरूको सहयोग नलिइकन कुनै पनि काम गर्न सक्नुहुने छैन । शिक्षाको क्षेत्रमा राम्रा अवसरहरू आइरहेका छन् । त्यस्तै आफ्नो बोलीको कारण पनि धेरै व्यक्तिलाई प्रभावित पार्न सक्नुहुनेछ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
साताको सुरुमा मित्रहरूको सहयोगले केही काम बने पनि आइतबारदेखिका दिनहरू त्यति राम्रा छैनन् । विघ्नबाधा प्रशस्त पर्नेछन् । स्वास्थ्यको स्थिति मध्यम मात्र रहला । बाधा दिनेको सङ्ख्या पनि प्रशस्त छ । गणेशको सेवा नगरीकन सानोतिनो सफलतासमेत पाउन गाह्रो छ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
पूर्वाद्र्ध राम्रो खालको छ । विपक्षीमाथि विजय हुनुको साथै गरेका काममा पनि गतिलै खालको सफलता पाइएला । मङ्गलबारदेखि केही अप्ठेरा परिस्थितिहरू आउनेछन् । बिहीबारको दिनमा रकमको लेनदेन नगर्नुहोस् । बौद्धिक स्थिति कमजोर छ ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कूटनीतिक प्रतिभा कम भए पनि नेतृत्व शक्ति भने निकै बलियो छ । वाणीद्वारा अरूलाई प्रभावित पार्न सक्नु हुनेछ । हातले समातेको व्यवसायले गतिलै लाभ देला । खर्च त घट्ने छैन तर आयको स्रोत पनि बलियो भएकाले मद्दत मिल्ला । लेखाइमा राम्रै प्रगति हुनेछ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
स्वास्थ्य त्यति राम्रो रहनेछैन र स्वास्थ्यकै लागि बढी खर्च गर्नु पर्नेछ । परिवार र मित्रबाट भने राम्रै सहयोग मिल्ला । बुधबार बेलुकीदेखि मात्र राम्रा कुरा हुन जानेछन् । यात्रा भए पनि फलदायी यात्रा भने छैन । विवाहसम्बन्धी कुरामा भने प्रगति होला ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
सुरुका दिनहरू निकै राम्रा छन् । गरेका काम बत्रुको साथै काम गर्ने उत्साह पनि बढी नै रहेको छ । शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुनेछ । बाधा दिने तत्वहरू त छन् तर हालको ग्रह स्थिति तिनीहरूलाई परास्त नै गर्ने खालको छ । व्यापारमा कम मात्र लाभ होला ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
शनिबारको दिनमा अनुत्पादक क्षेत्रमा खर्च होला । सोमबारदेखि भने राम्रा अवसरहरू आउनेछन् । बौद्धिक स्थिति मध्यमखालको छ । अरूको सहायता नलिइकन ठीक निणर्य गर्न सक्नुहुनेछैन । प्रेम र विवाहको क्षेत्रमा वाधा आइरहला । हाललाई गतिलो यात्रा देखिँदैन ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
यो सातामा मनोरञ्जन निकै गरिएला र त्यसैका लागि खर्च पनि हुनेछ । मद्दत दिनेको सङ्ख्या अति कम छ तैपनि साहस कत्ति पनि टुट्ने छैन । हातले समातेको व्यवसायबाट आंशिक लाभ भइरहला । पढाइलेखाइमा वर्तमान समय मध्यम स्तरको देखिन्छ
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
खर्च घट्ने क्रममा छैन । बढी नै रहला । आवश्यक काममा भन्दा पनि अनावश्यक काममा बढी खर्च हुनसक्छ । परिवारबाट राम्रै मद्दत पाइएला । प्राविधिकखाले कामबाट आर्थिक स्थिति सुधार्न सकिनेछ । पढाइमा कम र लिपिबद्ध गर्ने काममा बढी समय जाला ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
सुरुमा आर्थिक लाभ भए पनि सोमबारदेखिका दिनहरू बढी खर्च गराउने खालका छन् । यो सातामा भोजभतेर र मङ्गल कार्यहरू समेत प्रशस्त पर्नेछन् । मन परेका इष्टमित्रसँग भेटघाट हुनेछ । ठोस काम भने त्यति होला जस्तो छैन । व्यावसायिक क्षेत्रमा लाभ कम मात्र छ ।