कार्तिक ९ गतेको राशिफल : शुक्रबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

कार्तिक ९ गतेको पञ्चाङ्ग : –

दिन : शुक्रवार
तिथि : अष्टमी ०६:११ बजेसम्म, त्यसपछी नवमी
नक्षत्र : तिष्य १२:२७ बजेसम्म, त्यसपछी अश्लेषा
योग : साध्य १०:५२ बजेसम्म, त्यसपछी शुभ
करण : कौलव ०६:११ बजेसम्म, त्यसपछी तैतिल १८:२३बजेसम्म, त्यसपछी गर

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईको दिनको प्रारम्भ नयाँ कार्य आरम्भ गर्नको लागि उत्साहित रहनुहुनेछ। शरीर र मनको स्वस्थताले उत्साह बढ्नेछ। आफन्त तथा मित्रसँग भेट हुनेछ। मध्यान्नपछि कुनै कारणवश स्वास्थ्य मध्यम रहनेछ। खानपिनमा ध्यान राख्नुहुनेछ। धन सम्बन्धि विषयमा लेन-देनमा ध्यान राख्नुहोला। मनको उदासीनताले नकारात्मक भाव उत्पन्न गर्नेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

घरको सदस्यसँग आवश्यक चर्चा-विचार गर्नुहुनेछ। घरको सजावट परिवर्तन गर्नको लागि रुचि बढ्नेछ। आमाको स्वास्थ्यको सम्बन्ध राम्रो रहनेछ। कार्यालयमा उच्च अधिकारीको सम्बन्धमा सुधार आउनेछ। मध्यान्नपछि सामाजिक कार्यमा अधिक रुचि रहनेछ। मित्रवर्गबाट लाभ मिल्नेछ। आफन्तबाट सम्पर्क बढ्नेछ। सन्तानबाट लाभ होला। नयाँ मित्रताबाट चित्त प्रसन्न रहनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

पारिवारिक र व्यावसायिक क्षेत्रमा दिन राम्रोसँग बित्नेछ। दुवै स्थलमा आवश्यक विषयको सम्बन्धमा चर्चापछि निर्णायक स्थितिको निर्माण हान सक्छ। कार्यभार बढ्नाले स्वास्थ्यमा केहि ढीलापन आउनेछ। मध्यान्नपछि स्वास्थ्यमा सुधार आउनेछ। मित्रसांग भेट हुनाले आनन्द मिल्नेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको व्यवहार न्यायपूर्ण रहनेछ। निर्धारित गरिएको कार्यबाट प्रेरणा मिल्नेछ। मध्यान्नपछि प्रयास गर्दा जित्ने प्रयत्न गर्नुहुनेछ। स्वास्थ्य बिग्रिन सक्ला। रिसको मात्रा अधिक रहनेछ। मध्यान्नपछि शारीरिक उर्जा तथा मानसिक निश्चितताको कारण प्रफुल्लित रहनु हुनेछ। व्यवसायिक क्षेत्रमा उच्च अधिकारीसँग आवश्यक विषयमा चर्चा हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाईको दिनको प्रारम्भमा शारीरिक र मानसिक रुपले अस्वस्थता र व्यग्रताको अनुभव हुनेछ। रिसको मात्र अधिक रहनाले कसैसँग मनमुटाव हुनेछ। मध्यान्नपछि तपाईको शारीरिक र मानसिक स्थितिमा सुधार हुनेछ। परिवारमा आनन्दको वातावरण रहनेछ। व्यपारको स्थलमा उच्च अधिकारीसँग आवश्यक चर्चा हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

कार्य र भ्रमण नगर्नुहोला। प्रेम र धिक्कारको राग-द्वेष जस्ता भावनालाई छोडेर समतापूर्वक व्यवहार गर्नुहोला। आध्यात्मिक क्षेत्रमा सिद्धि प्राप्त हुने योग छ। स्वास्थ्यमा शिथिलता र व्यग्रता अनुभव हुनेछ। रिसको मात्रा अधिक रहनेछ। जसकारण कार्य बिग्रन सक्ला। व्यवसायिक स्थलमा कसैको मन नदुखोस यस कुराको ध्यान राख्नुहोला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईको दिनको प्रारम्भ आनन्दमय रहनेछ। विचारमा उग्रता र अधिकारत्वको भावना मनमा रहनेछ। आर्थिक लाभ र यात्रा हान सक्ला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। शत्रुबाट सावधान रहनुहोला। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

बौद्धिक कार्य गर्नको लागि जनसम्पर्क बनाई राख्नुहोला। छोटो यात्रा हुन सक्ला। धन-सम्बन्धित आयोजन गर्नको लागि समय शुभ छ। मध्यान्नपछि मित्र तथा आफन्तसँग भ्रमणको आयोजन गर्नुहुनेछ। खानपिनको स्वाद लिन सक्नुहुनेछ। वैचारिक स्तरमा आवेग हान सक्ला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

शारीरिक तथा मानसिक स्वास्थ्यको ध्यान राख्नुहोला। अधिक श्रमपछि कार्यमा सफलता नमिल्दा निराश नहुनुहोला। सकेसम्म भ्रमण नगर्नुहोला। मध्यान्नपछि अनुकूल समय अनुभव हुनेछ। शरीरमा उर्जाको सञ्चार हुनेछ। आर्थिक लाभको लागि समय अनुकूल रहनेछ। व्यावसायिक आयोजन राम्रोसँग गर्न पाउनुहुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

अधिक संवेदनशील रहनुहुनेछ। तपाईको भावनालाई ठेस पुग्नेछ। आपत्तिकर विचार, व्यवहार र आयोजनबाट टाढा रहनुहोला। कुनै पनि कार्यमा शीध्र निर्णय लिनुहोला। परिवारसँग परस्पर मनमुटाव नबढोस्ना यसको ध्यान राख्नुहोला। कार्य सफलताको लागि अधिक परिश्रम गर्नुहुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

आवश्यक कार्यको निर्णय नलिनुहोला। नयाँ कार्यको प्रारम्भ गर्नको लागि दिन समय अनुकुल रहनेछ। मध्यान्नपछि तपाईको मानसिक व्यग्रता वृद्धि हुनेछ। सम्पत्तिको विषयको दस्तावेज गर्नको लागि समय अनुकूल रहेको छैन। विधार्थीको लागि दिन मध्यम रहेको छ । आमाको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

घर, कुटुम्ब तथा व्यवसायिक क्षेत्रमा समाधानकारी व्यवहार अपनाउनाले वातावरण तपाईको पक्षमा रहन सक्छ। बोलीमा ध्यान राख्नुहोला। विवाद तथा मनदुःखलाई टाल्न सक्नुहुनेछ। केहि सुधार हुनेछ। नयाँ कार्य गर्नको लागि उत्साहित रहनेछ। आवश्यक कारणबाट छोटो यात्रा हान सक्छ।

अर्को समाचार: