असोज २० गतेको राशिफल : आइतबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

असोज २० गतेको पञ्चाङ्ग तथा राशिफल :
दिन : आइतवार
तिथि : चतुर्थी दिनरात, त्यसपछी चतुर्थी
नक्षत्र : विशाखा २२:२१ बजेसम्म, त्यसपछी अनुराधा
योग : प्रीति ०५:५५ बजेसम्म, त्यसपछी आयुष्मान्
करण : वणिज १७:३८ बजेसम्म, त्यसपछी भद्रा ०६:१६बजेसम्म, त्यसपछी भद्रा

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

कुनै पनि काम गर्दा अरुको पनि सुझाव लिनु उचित हुनेछ । परिवारका सदस्यको काममा समान व्यवहार अपनाउनु उचित हुनेछ। बोलीमा बिषेस ध्यान दिनुहोला अन्यथा विवादमा पर्न सकिन्छ । आनवसेक खर्च हुनसक्छ, सचेत रहनु होला ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

धार्मिक कार्यमा मान्न जानेछ साथै धार्मिक आयोजना गर्ने योग बनेको छ । आर्थिक लाभ हुनेछ । मनमा उत्साह र विचारमा स्थिरताको कारण सबै कार्य सहजै सम्पन हुनेछ । शौन्दर्य र नयाँ वस्त्रको लागि धन खर्च हुनेछ । परिवारसंग खुसीसाथ समय बित्नेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

बोली र व्यवहारको कारण विवाद हुनसक्ने हुदा सचेत रहनु होला । स्वास्थ्यमा सुधार हुनेछ खास गरेर आँखा सम्बन्धि समस्याले सताउन सक्छ। परिवारमा कलह बढ्न सक्छ । आय कम र खर्च बढ्ने सम्भावना रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

दिन लाभदायक रहेको छ । व्यापार तथा व्यवसायमा लाभ हुनेछ । साथिहरु संग दिन रमाइलोमा बित्नेछ । विवाहको योग बनेको छ । आम्दानीका स्रोतहरु बढ्नेछन्। आकस्मिक धन लाभ हुनेछ । आर्थिक योजना सहजै सम्पन हुनेछन् । रमाइलो यात्राको योग बनेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

कार्य क्षेत्रमा तपाइको प्रभाव बढ्ने छ । तपाइले गरेको कार्य सम्पन्न हुनाले उच्चअधिकारी खुशी हुनेछन् । काममा मनोबल बढ्ने छ । बाबु संगको सम्बन्ध सुमधुर हुनेछ । साथै पिताबाट लाभ हुनेछ । जग्गा, सवारी साधन, सम्पत्ति सम्बन्धी काम गर्न को लागी अनुकूल दिन रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

दिन प्रतिकुल हुनेछ । मनाषिक तनाव बढ्ने छ । स्वास्थ्यमा समस्या आउनाले थकान महसुस हुनेछ । नोकरी तथा व्यवसायमा उच्च अधिकारीबाट नकारात्मक व्यवहार हुनसक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ । साथी भाइको सहयोग मिल्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

वादविवाद हुने योग बनेको हुदा सचेत रहनु होला । शत्रु सक्रिय हुनेछन् सचेत रहनु होला । स्वास्थ्यमा समस्या आउन सक्छ। आकस्मिक धन लाभ हुनेछ। पुराना साथि भेट हुनेछन् । पढाइमा मन जानेछ । बाबुको स्वास्थ्यमा सुधार हुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

दिन मनोरन्जन बेतित हुनेछ । साथि भाइसंग पार्टी तथा समारोहमा सहभागी हुने अवसर मिल्नेछ । राम्रो वस्त्र तथा वाहन प्राप्त हुनेछ । मान प्रतिष्ठामा वृद्धि हुनेछ । खर्च बढ्ने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

दिन अनकुल रहेको छ । घरको वातावरण सुखद रहनेछ। तपाइ शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा खुसी महसुस गर्नुहुनेछ। व्यापार व्यवसायमा समय प्रतिकुल हुनेछ । शुभ समाचार मिल्ने छ । प्रतिस्पर्धी माथि विजय प्राप्त हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

आलस्य, थकान, कमजोरी को कारण शारीरिक रूपमा अस्वस्थ महसुस गर्नुहुनेछ। मानाषिक रुपमा अस्वस्थ अनुभव गर्नु हुनेछ । मनाषिक चिन्ता बढ्ने छ । व्यापार व्यवसायमा भाग्यले साथ दिने छैन । मनमा दुबिधा बढ्ने छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

जिद्धिपाना बढ्ने छ । अधिक भाबुक हुनाले स्वास्थ्यमा समस्या आउन सक्छ । सामाजिक रुपमा अपमानित हुने हुदा सचेत रहनुहोला । अचल सम्पतिको कारोबारमा सचेत रहनुहोला । आमाबाट लाभ हुनेछ। आर्थिक आयोजन सहजै सम्पन्न हुनेछन् ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

आवशेक निर्णय लिनको लागि दिन शुभ रहेको छ । रचनात्मक शक्ति बढ्नेछ । दैनिक कार्य सहजै सम्पन्न हुनेछ । साथि भाइसंग रामाइलो यात्रा हुनेछ । भाइ बहिनि संगको सम्बन्धमा मधुरता आउने छ । सामाजिक रुपमा मन प्रतिष्ठा बढ्ने छ ।

अर्को समाचार:

असोज २५ गतेसम्मको साप्ताहिक राशिफल : १२ राशिलाई यो हप्ता शुभ – अशुभ कस्तो रहला ?