अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा देखिएको दृश्य : क्रान्तिकारी र आतंककारीबीच फरक नभएकै हो ?

हो साच्चै अनेरास्ववियु (क्रान्तिकारी ) को २३ औ सम्मेलनको मिति २०८१ असोज १० – १४ घोषणा गर्दा एकीकृत माओवादीको भात्तृ संगठनमा आस्था राख्ने आम विद्यार्थीहरुले पर्वको रुपमा लिँदै हर्ष उल्लासका साथ मनाउदै आइरहेको परिस्थितिमा जब जब सम्मेलनको मिति नजिकिदै गयो उति उति कुन पदको लागि उम्मेद्वारको हकमा उम्मेद्वार कसले कसले दिन सकिने भन्ने विषयमा बहस यत्रतत्र सर्वत्र नभाको भने पक्कै होइन तर सम्मेलनको उद्घाटन सत्र सुरु हुँदाको समयसम्म पनि उमेर हदको विषय टुंगो भने लाग्ने सुरसार थिएन।

असोज १० गते जब खुल्ला सत्र शुरु भयो तबबाट नै नयाँ नेतृत्व कस्तो आउने हो भन्ने कुरा अनेरास्ववियु (क्रान्तिकारी) को मात्रै चासोको विषय नभएर आम नेपाली विद्यार्थीकै चासोको विषय बन्न सफल भैसकेको थियो भन्ने कुरामा कुनै दुइ मत छैन। यसरी उक्त सम्मेलन राष्ट्रिय चासोको विषय बन्दै गईरहेको परिवेशमा असोज १० गते पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड )को प्रमुख आतिथ्यतामा सम्पन्न भएसंगै सम्मेलन रोचक रुपले अगाडी बढ्ने अपेक्षा भने नगरिएको होइन तर १४ गतेको बन्द सत्रमा जब एकै विद्यार्थी संगठनका नेताहरु कुर्सीले हानाहान गर्न थाले तब कार्यकर्ताको आलोचना बढी आउन थाल्यो।

यस्ता अराजक गुण्डातन्त्र हाबी भएकालाई नेता मानेर हिडेपछि क्रान्तिकारी होइन आतंककारी भनेर उपनाम दिँदा रिसाउने एक सच्चा क्रान्तिकारी नेत्री आज साच्चै आतंककारीकै झोले भएर हिडिएछ भन्ने नमिठो अनुभूति गर्दै, आफ्नु उर्जाशील समय खेर फालिएछ भन्दै एक माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) की एक नेत्रीकी छवि बनाएकी हाल आफुलाई भूतपूर्व क्रान्तिकारी नेत्री भन्न रुचाउने एक सच्चा क्रान्तिकारीले हामीसँग नाम नखुलाउने शर्तमा कुरा गर्दै यो बताएकी हुन्।

उनी थप्छिन्, “विद्यार्थीको केन्द्र कम गुण्डागर्दीको थलो बन्यो अखिल क्रान्तिकारी, हिजो आफु हुर्किदै गर्दा बाले सुनाउनु भएको कम्युनिस्ट पार्टीको उत्पति र विद्यार्थी संगठनको काम ,कर्तब्य र अधिकार अनि आजको अखिल क्रान्तिकारीको अवस्था देख्दा साच्चै क्रान्तिकारीको परिभाषाको अपव्याख्यान आज क्रान्तिकारी हुँ भन्नेहरु बाटै भएको देख्दा मुटु पोलेको छ।  फरक मत स्वाभाविक हो तर अपरिपक्क ,अविवेकशील, अनियन्त्रित र असंवेदनशील खालको व्यवहारले बल्ल बल्ल कार्यकर्ताको भूमिका निर्बाह गर्न सक्षम व्यक्तिहरु पो नेत्तृत्व ग्रहण गर्न सक्छु भन्दै हिडेको भान भयो। आस्थाको धरोहर डग्मगाउदै गर्दा सक्षम नेतृत्वको हातमा अखिल क्रान्तिकारी सुम्पिनुहोस होइन भने म जस्ता सयौ कम्रेडहरु बाढी पहिरो घाम झरी केही नभनी सम्मेलन सफल पार्नआउनु भएको छ उहाँहरुको आस्था नढलोस्, कथित कार्यालय टिमलाई शुभकामना !!! बुधबार असोज १६ गते हुने भनिएको बन्दसत्र पनि स्थगित भएसँगै अनेरास्ववियुको २३ औँ राष्ट्रिय सम्मेलन विघटन भएको छ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खनाल सम्मेलन सफलतापुर्वक सम्पन्न गर्ने प्रयत्नमा गर्दागर्दै सफल हुन् नसकेकोमा क्षमा माग्दै सामाजिक सञ्जाल फेसबुकमा रोइलो गरिरहेका छन्। उनले लेख्छन् – ‘जुनसुकै मुल्यमा सम्मेलन सफलतापुर्वक सम्पन्न गर्ने प्रयत्नमा सफल हुन सकिएन। यो असफलताको मेरो भागमा पर्ने जिम्मेवारी लिँदै साथीहरूसँग क्षमाप्रार्थी छु ।  अन्ततः ती प्रवृत्तिहरु सफल भए जो यो पार्टी र संगठनमा विधि स्थापित गर्न  थिए । खै कसरी हाम्रो यो निर्लज्जतालाई दिलबहादुर, बेनोज र पुर्ण पौडेलहरुले माफी गर्लान र ??’

अर्को समाचार: