काठमाडौँ : अहिले तिहारको समय सुरु भइसकेको छ। यो दिन सुख-समृद्धि र वैभव पाउनका लागि माता लक्ष्मीको विधि-विधानसँग पूजा गरिन्छ । कुनै-कुनै काम यस्ता हुन्छन् जुन दिपावलीको दिनमा गर्नु हुदैन नत्र वर्षभरी नै गरीबी र समस्याले पच्छाईरहने छ ।
दिपावलीको दिन के-के गर्नु हुदैन जानी राखौं:
१) महालक्ष्मी पूजाको दिन साझको समयमा कहिले पनि सुत्न हुदैन । साझ सुतियो भने दरिद्रता आउछ किनभने साझको समयमा माता लक्ष्मी घर आउने र घरका मानिस सुतेको अवस्थामा भए उनि फर्कने छिन् । जुन हाम्रो लागि अशुभ हुने छ ।
२) महालक्ष्मी पूजाको दिन आफ्नो घरको ठुला-बडा सदस्यहरुको सम्मान गर्नु पर्छ । झुक्किएर पनि कुनै अपशब्दको प्रयोग गर्न हुन्न । यस्ता कार्य गरियो भने लक्ष्मी प्रसन्न हुने छैन ।
३) प्राय जसो मानिसहरु महालक्ष्मी पूजाको दिन रक्सि वा नशा आदिको सेवन गर्ने गर्छन् । बिर्सिएर पनि यी कुराहरुको सेवन नगर्नुहोस् । यदी गर्नु भयो भने घरमा गरीबी र दरिद्रता आउने छ ।
४) महालक्ष्मी पूजाको दिन बिर्सेर पनि घरमा झगडा गर्नु हुदैन । झगडा गर्नाले माता लक्ष्मीले घरमा बास नगर्ने र आर्थिक संकट भित्रिने विश्वास गरिन्छ ।