हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ ? जान्नुहोस्….
ज्योतिषाचार्य दामोदरनाथ लोहनी
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
नराम्रो खालको साता छैन । काम गर्ने उत्साह बढी नै रहला । आइतबार र सोमबार खर्च बढ्नेछ। विशेष गरेर भोजभतेर र चाडपर्वका लागि खर्च हुने देखिन्छ । व्यावसायिक लाभ भई नै रहला । परिवारबाट पाउनुपर्ने सहयोगमा कति पनि कमी देखिन्न।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
यो साता धेरै काम बन्नेछन् । खर्च भए पनि काममा सफलता मिल्नाले मन प्रसन्न नै होला । शैक्षिक खाले काममा विशेष प्रगति देखिन्छ । व्यापार, व्यवसायबाट पनि निराश हुनुपर्ने छैन । नोकरीतिर भने विशेष उपलब्धि देखिँदैन । गोडामा पीडा हुन सक्छ, पीपलमा जल हालिरहनुहोस्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
शनिबार निकै समस्या पर्लान् । त्यसैले बिहानै शनिश्चरको आराधना गर्नुहोस् । आइतबारदेखि भने पूरा सप्ताह राम्रो खालको छ । केही धार्मिक कामसमेत हुन सक्छन् । त्यस्तै यात्रा हुने समय पनि छ । जागिरमा निराशा छैन र यथास्थिति नै रहला ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
यो सातालाई नराम्रो भन्न सकिँदैन । सोचेको जति आय नभए पनि पूरा निराश हुनुपर्ने छैन । स्वास्थ्यतिर सानातिना समस्या आइरहनेछन् । पढाइको क्षेत्रमा मध्यम गति छ । विदेश यात्राको सम्भावनासमेत देखिन्छ । प्रेमको क्षेत्रमा पनि निराश हुनुपर्ने छैन ।