मेष राशिमा ३ ग्रहको संयोग, ४ राशिका व्यक्ति रहनुहोस् सावधान !

ज्योतिष शास्त्रका अनुसार मार्च ३१ मा ग्रहहरूको राजकुमार बुध मीन राशिबाटर मेष राशिमा प्रवेश गर्दैछ। मेष राशिमा शुक्र र राहु पहिले देखि नै रहेका थिए। यस्तो अवस्थामा यी ग्रहहरूको युती धेरै राशिका लागि राम्रो हुन्छ भने धेरै राशिका लागि यसले कठिनाइ बढाउन सक्छ। मंगल र बुधलाई एकअर्काको विपरीत ग्रह मानिन्छ। शुक्र र बुधको संयोगले ‘लक्ष्मीनारायण योग’ बनिरहेको छ।

यस्तो अवस्थामा बुधको गोचर धेरै राशिका लागि शुभ साबित हुनेछ। तर यस समयमा यस्ता धेरै राशिका व्यक्तिहरू छन् जसले आर्थिक र मानसिक समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ।

वृष राशि

वृष राशिका लागि यी तीन ग्रहको मिलन शुभ हुने छैन । यस राशिका व्यक्तिहरूले आर्थिक समस्याको सामना गर्नुपर्नेछ। यस समयमा पैसासँग सम्बन्धित कुनै पनि प्रकारको लेनदेन केही सावधानीपूर्वक गर्नुहोस्। यसका साथ-साथै कार्यस्थलमा सावधानी अपनाउनु पर्ने देखिन्छ, किनकि सहकर्मी र उच्च अधिकारीहरूले तपाईका लागि समस्या सिर्जना गर्न सक्छन्। साना कामका लागि कडा मेहनत गर्नुपर्ने हुन सक्छ।

कन्या राशि

मेष राशिमा बुधको गोचर यस राशिका लागि मिश्रित रहनेछ। हतारमा कुनै पनि काम नगर्नुहोस्। अनावश्यक खर्च बढ्न सक्छ, अलि सावधान रहनुहोस्। परिवारमा कुनै कुरामा मनमुटाव हुन सक्छ। यस्तो अवस्थामा क्रोधलाई नियन्त्रण गर्ने प्रयास गर्नुहोस्। आफ्नो स्वास्थ्यप्रति अलिकति सचेत हुनुहोस्।

वृश्चिक राशि

मेष राशिमा बुध, शुक्र र राहुको संयोगले यस राशिका मानिसहरूलाई धेरै समस्या सृजना गर्न सक्छ। सानातिना काममा बढी मेहनत गर्नुपर्ने हुनसक्छ। कार्यस्थलमा कुनै कारणले मानसिक तनाव हुन सक्छ। आर्थिक स्थितिमा नराम्रो असर पर्नेछ। यस्तो अवस्थामा ऋण पनि लिनुपर्ने हुनसक्छ।

कुम्भ राशि

कुम्भ राशिका लागि बुधको गोचर राम्रो नहुन सक्छ। यो राशिका मानिसले धेरै समस्याको सामना गर्नुपर्ने हुनसक्छ। सहकर्मीले हावी हुन सक्ने भएकाले कार्यस्थलमा सावधानी अपनाउनु पर्ने देखिन्छ। परिवारमा अलिकति अशान्तिको वातावरण बन्न सक्छ। आफ्नो स्वास्थ्यको पूर्ण ख्याल राख्नुहोस्।

अर्को समाचार:

चैत १२ गते आइतबार कस्तो रहला दिन, हेर्नुहोस् दैनिक राशिफल !