ज्योतिषशास्त्रका अनुसार ग्रहहरूले समय-समयमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्छन्। जसले मानव जीवन र पृथ्वीलाई शुभ-अशुभ प्रभाव पर्दछ। यसका साथै यो ग्रह परिवर्तन कसैका लागि शुभ र कसैका लागि अशुभ हुन्छ। मार्च महिना ४ ग्रहहरूको चालमा परिवर्तन हुनेछ। मङ्गल ग्रह मिथुन राशिमा गोचर हुनेछ त्यस्तै शुक्र मेष राशिमा गोचर हुनेछ। साथै, १५ मार्चमा सूर्य देव मीन राशिमा प्रवेश गर्नेछन्। अर्कोतर्फ, भोलिपल्ट बुध पनि मीन राशिमा प्रवेश गर्नेछ। यी ग्रहहरूको स्थितिले सबै राशिका मानिसहरूलाई असर गर्छ। तर त्यहाँ केही राशि छन्, जसलाई यो अवधिमा सावधान रहनु आवश्यक छ। जान्नुहोस् कुन-कुन राशि?
मेष राशि
मार्च महिनामा मेष राशिका व्यक्ति अलि होसियार रहनु होला। यस समयमा यस राशिमा मंगल तेस्रो घरमा विराजमान हुनेछ। साथै, ३० अक्टोबरसम्म राहु ग्रह पनि यस राशिमा विराजमान रहनेछ। त्यसैले वैवाहिक जीवनमा मानसिक अशान्ति, तनाव, समस्या आउन सक्छ। यसका साथ-साथै बृहस्पतिको प्रभावले तीर्थ यात्रामा हुन् सक्छ । तर शनिदेव तपाइको कल्याण स्थानमा विराजमान हुनुहुन्छ। त्यसैले पैसा आउने क्रम जारी छ। तर स्वास्थ्य अलि समस्या रहनेछ। सन्तानलाई केही समस्या हुन सक्छ। यस समयमा जीवनसाथीको स्वास्थ्यको पनि ख्याल गर्नुहोला।
कर्कट राशि
कर्कट राशिका लागि मार्च महिना अलि हानिकारक साबित हुन सक्छ। किनभने यस समयमा कर्कट राशिमा पक्षीय योग छ। त्यसैले मार्चको सुरुवात यस राशिको लागि तनावपूर्ण रहनेछ। साथै, केही विषयहरूमा तनाव हुन सक्छ। आफ्नो करियरको बारेमा अलि चिन्तित हुन सक्नुहुन्छ। कार्यस्थलमा मालिकसँग समन्वय गर्नु पर्नेछ। तर, जो विद्यार्थी इन्जिनियरिङ वा अन्य कुनै परीक्षाको तयारी गरिरहेका छन् भने उनीहरूका लागि मार्च १२ तारिखसम्म समय राम्रो छ। यस महिना शनिदेवको उदय हुँदा स्वास्थ्यमा सुधार आउनेछ।
तुला राशि
कर्कट राशिका लागि मार्च महिना अलिकति प्रतिकूल साबित हुन सक्छ। किनकि केतु ग्रह तुला राशिमा बसेको छ। यस राशिको स्वामी शुक्र हो। त्यसैले यस समयमा चोटपटक, शल्यक्रिया र दुर्घटनाको सम्भावना सृजना भइरहेको छ। अर्कोतर्फ, मार्च १२ पछि स्वास्थ्यमा सुधार हुनेछ। यसका साथै कार्य–व्यवसायमा सुधार आउनेछ । यस समयमा राहु र केतुको मन्त्र जप गर्नुपर्छ।