साताको अशुभ राशि: यस साता सावधान रहनुहोस् ४ राशिका व्यक्ति, पर्नेछ अनेक समस्या!

हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन-कुन राशिलाई सावधान रहन पर्ने हुन्छ ?

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

साताको सुरुवाती दिनमा अपजस मिल्नसक्ने भएकाले सजग रहनुपर्ला। कार्यसम्पादनमा समय लाग्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। अर्थ अभाव देखापर्न सक्छ। परिवारजनबाट टाढिनुपर्ने हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। नियमित खर्चसमेत बढ्ने योग छ र शिक्षामा वाधा आउनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ। बोलीले कार्य सम्पादन हुनसक्छ। रोकिएको धन हाता पर्न सक्छ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। स्वास्थ्य कमजोर रहनाले काममा पनि पछि परिनेछ। आफन्तसँग मनमोटाव बढ्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

यो हप्ताको सुरुका दिनमा काममा सानातिना बाधा आउने र काम रोकिनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन। स्वास्थ्य समस्याले पनि पिरोल्न सक्छ। साताको मध्यबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

यो साता सुरुको दिनमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला। मानसिक चिन्ता पनि बढ्नेछ। सोमबार बाट भने लाभदायक र खुसीको यात्रा हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने । झन्झटिलो कार्यमा समय खेरा जानसक्छ।

अर्को समाचार:

शनिको उदयले यी राशिको बढ्नेछ समस्या, रहनुहोस् सावधान !