काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?
साताको राशिफल : – मङ्सिर २४ देखि पुस १ गतेसम्म
ज्योतिषाचार्य दामोदरनाथ लोहनी
साताका चाड : – १ गते अष्टमी व्रत, पौष सङ्क्रान्ति ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
साता आंशिक रूपमा सप्रिएको छ । आँटेका काम सबै त हुने छैनन् तर पूरा निराश पनि हुनुपर्ने छैन । आर्थिक स्थिति अझैँ पनि सप्रिएको देखिन्न । त्यसैले मनमा डर लागिरहला । गणेशको नित्य दर्शन गरिरहनुहोस् । व्यापार, व्यवसायबाट सामान्य लाभ मात्र छ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
पहिलेको साताभन्दा स्थिति निकै सप्रिएको छ । साताको सुरुमा नै प्रशस्त काम बन्नेछन् । स्वास्थ्यको स्थिति मध्यम मात्र रहला । पारिवारिक सन्तोष पूर्ण रूपमा हुने छैन । मित्रको सहयोग पनि मध्यम रूपमा देखा पर्छ । व्यावसायिक कामले दैनिकी चल्ला ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
राम्रो खालको साता छ । सुरुमा नै भोजभतेर पर्नुका साथै मित्रसँग भेट होला । पछाडि बसेर काम बिगार्न खोज्ने साथी धेरै छन्, सतर्क हुनुहोला । देवीको दर्शन गरिरहनुहोस् । हातले समातेको व्यवसायमा पनि अड्चन आउन सक्छ । पढाइमा राम्रै गति छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
यो साता रमाइलो धेरै गरिएला र त्यसैका लागि खर्च पनि प्रशस्त गरिनेछ । खास ठोस काम यो सातामा होलाजस्तो छैन । मित्र सहयोग भने मिल्ने नै देखिन्छ । स्वास्थ्यको स्थिति मध्यम रहला । शिक्षाको क्षेत्रमा गहकिलो प्रगति हुनेछ । शनिबारको दिनमा भने खर्च प्रशस्त बढ्ने स्थिति छ
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
यो सातामा आर्थिक स्थिति त्यति बलियो रहने छैन । सम्मान एवं प्रतिष्ठामा वृद्धि अझैँ पनि हुने देखिन्न । परिवारको सहयोगले मात्र निकै काम बन्ला । साहस भने कत्ति पनि घटेको छैन । आत्मविश्वासको कमी देखिन्न । शिक्षाको क्षेत्रमा सामान्य प्रगति छ
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
साताको मङ्गलबारसम्म राम्रा छन् । काम गर्ने जाँगर लाग्ला भने गरेका काम सफल पनि हुनेछन् । व्यावसायिक काममा गतिलो प्रगति हुनेछ । मित्र एवं परिवारबाट राम्रो मद्दत पाउनुहुनेछ । जागिरतिर भने हाल मध्यम स्थिति छ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
साता नराम्रो छैन । अलिकति खर्च बढे पनि आम्दानी हुने स्रोत भेट्टाउनुहुनेछ । विपक्षीसँग मुकाबिला गर्न सक्ने यथेष्ट शक्ति छ । शिक्षाको क्षेत्रमा सानातिना अवरोध आइरहनेछन् । पीपलमा नित्य जल हालिरहनुहोस् । यसले नोकरीमा भएको बाधा घट्ला
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
साताको पूर्वाद्र्ध त्यति राम्रो छैन । अनेकौँ बाधा र अप्ठेरासँग सङ्घर्ष गर्नुपर्नेछ । बुधबारदेखि मात्रै सुधार आउला । व्यावसायिक काममा मध्यम प्रगति मात्र छ । जागिरको भरले दैनन्दिनी टर्ला । पढाइतिर समय बढाएमा राम्रो प्रगति गर्नुहुनेछ । ज्ञानको बढोत्तरी हुने समय देखिन्छ
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सातालाई त्यति राम्रो रूपमा लिन सकिन्न । कठिनाइ प्रशस्त आउनेछन् । सामना गर्दागर्दै समय बित्ला । शिक्षाको क्षेत्रमा सोचेजति प्रगति हुनेछैन । जागिरतिरबाट पूर्ण सन्तुष्टि मिल्ने देखिन्न । यात्राको सम्भावनासमेत हाल टर्लाजस्तो छ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मध्यम खालको साता देखिन्छ । परिश्रम धेरै र सफलता थोरै मात्र छ । जागिरदारका लागि प्रशस्त कठिनाइ आउला । महाकालको सेवा गरिरहनुहोस् । पेटमा बिसञ्चो होलाजस्तो छ । परिवारबाट पूरा सहयोग मिल्ने छैन । शुक्रबारको दिन भने उत्साहवद्र्धक देखा पर्छ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कठिनाइ घट्दै गएका छन् । यो साता सफलताको सूत्र भेट्टाउनुहुनेछ । शिक्षाको क्षेत्रमा सोचेभन्दा बढी प्रगति होला । जागिरमा हाल त्यति ठूलो प्रगति देखिन्न । व्यावसायिक काममा राम्रो छ । सानोतिनो चोटपटक लाग्ने सम्भावना भएकाले गणेशको नित्य दर्शन गर्नुहोस्
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
चिताएजति काम नबने पनि यो साता पूरा निराश हुनुपर्ने छैन । सामान्यखाले आम्दानी भई नै रहला । पढ्न एवं लेख्नतिर प्रशस्त समय जाला । पारिवारिक मद्दतले निकै काम गर्नेछ । स्वास्थ्य राम्रै रहला । जागिरतिर समेत हाल राम्रा कुरा सुन्न पाउनुहुनेछ।