काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। मंसिर २४ गते शनिबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। शनिबार दिन शनिदेवको नाममा समर्पित हुने गर्दछ। शनिबार शनिदेवको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। शनिबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :
मंसिर २४ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – शुक्रबार ।।। नक्षत्र- आर्द्रा , १६:३९ बजे उप्रान्त पुनर्वशु ।।। तिथि – द्वितिय , ११:५० बजे उप्रान्त तृतीया ।।। करण – गर ११:५० बजेदेखि वव , २४:५२ बजे उप्रान्त वालव ।।। योग –शुक्ल , २८:०४ बजे उप्रान्त ब्रह्म ।।। मंसिर २४, २०७९, शुक्रबार।।। १० डिसेम्बर, सन् २०२२ ।।। द्वितीया, पौष कृष्णपक्ष ।।। थिंलागा, ११४३ ने.सं. ।।। सूर्योदय – ०६: ४५ ।।। सूर्यास्त – १७:०७ ।।। शुभ साइत : – कुनै शुभ साइत तथा मुहूर्त छैन –
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मन खिन्न रहनेछ। काममा उच्च अधिकारीको सहयोग मिल्नेछ । स्थान परिवर्तनको सम्भावना छ। परिवारबाट टाढै बस्नु पर्न सक्छ । खर्च बढ्नेछ। आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। पारिवारिक समस्यामा पनि ध्यान दिनुहोला । सन्तान सुखमा वृद्धि हुनेछ । धन प्राप्त हुनेछ। पढाइमा रुचि बढ्नेछ। दाजुभाइको सहयोग मिल्नेछ । साथीभाइसँग यात्रामा जान सकिनेछ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
आत्मविश्वासको कमी रहनेछ । मिहिनेत बढी हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। अनावश्यक बहसबाट बच्ने प्रयास गर्नुहोस्। अभिभावकको सहयोग मिल्नेछ । साथीभाइको सहयोग मिल्नेछ । सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । मान सम्मानमा बृद्धि हुनेछ । स्वास्थ्यमा सजग रहनुहोला ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
पारिवारिक जीवन सुखमय रहनेछ। व्यापारमा वृद्धि हुनेछ । लाभको अवसर मिल्नेछ । सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ । मन प्रशन्न रहनेछ तर कुनै अज्ञात भयले सताउन सक्छ। साथीको आगमन हुन सक्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। कार्यस्थलमा अवरोध आउन सक्छ। आम्दानीको स्थितिमा सुधार आउनेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
आत्मविश्वासको कमी रहनेछ । परिवारका साथ धार्मिक स्थलमा जान सकिनेछ । बुवाबाट धन प्राप्त गर्न सकिनेछ । धैर्य गर्ने प्रयास गर्नुहोस्। धनको स्थितिमा सुधार आउनेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्। मानसिक तनाव रहनेछ। परिवारमा आपसी मतभेद बढ्न सक्छ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
मन प्रसन्न रहनेछ। व्यापारमा मिहिनेत बढी होला तर व्यापारमा नाफा बढ्नेछ । आत्मविश्वासमा बृद्धि हुनेछ । सन्तानबाट केही शुभ समाचार प्राप्त हुन सक्छ। परिवारका ठूला व्यक्तिबाट धन प्राप्ति हुनसक्छ । अज्ञात भयले सताउन सक्छ । मिष्ठान्न खानेकुरामा रुचि बढ्नेछ। सम्पत्तीबाट लाभ हुनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
काममा उच्च अधिकारीको सहयोग मिल्नेछ । उन्नतिको अवसर मिल्नेछ । आम्दानी बढ्नेछ । पढाइमा रुचि बढ्नेछ । जागिर परिवर्तनको अवसर मिल्न सक्छ । राजनीतिज्ञसँग भेटघाट हुनसक्छ । जीवन साथीको सहयोग मिल्नेछ । अव्यवस्थित खर्च बढ्नेछ । आम्दानीको स्थितिमा सुधार आउनेछ। कुनै पनि सम्पत्ति आम्दानीको स्रोत बन्न सक्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
व्यापार व्यावसायमा रुचि बढ्नेछ । व्यापार विस्तार हुनेछ। लाभको अवसर मिल्नेछ । थप दौडधुप हुनेछ। केही अप्ठ्याराहरू पनि सामना गर्नुपर्ने हुन सक्छ। धार्मिक संगीतमा रुचि बढ्न सक्छ। नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ । आम्दानी बढ्नेछ । कुराकानीमा सन्तुलित हुनुहोस्। पारिवारिक जीवन सुखमय रहनेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ । परिवारमा धार्मिक कार्यको सम्भावना छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। बुवाको सहयोग मिल्नेछ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला । धार्मिक कार्यमा व्यस्तता बढ्न सक्छ। मिहिनेत बढी हुनेछ । सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। कार्य स्थलमा उच्च अधिकारीसँग मतभेद बढ्नेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
वैदेशिक रोजगारीमा जाने सम्भावना छ । परिवारको सहयोग मिल्नेछ । थप दौडधुप हुनेछ। सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ । आत्मविश्वास भरिपूर्ण हुनेछ। पारिवारिक समस्यामा ध्यान दिने प्रयास गर्नुहोस्। खर्चको मात्रा बढ्नेछ । सन्तान सुखमा वृद्धि हुनेछ । कार्यस्थलमा थप जिम्मेवारी बढ्न सक्छ। स्वभावमा रिस उठ्नेछ । परिवारको सहयोग मिल्नेछ । लामो समयदेखि चलिरहेको विवादबाट मुक्ति मिल्नेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
आत्मविश्वास पूर्ण हुनेछ, तर आत्म-नियन्त्रित पनि रहनुहोस्। अति उत्साही हुनबाट बच्नुहोस्। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। धार्मिक कार्यमा व्यस्तता बढ्न सक्छ। खर्च बढ्नेछ। अध्ययनमा रुचि बढ्नेछ । शैक्षिक कार्यमा सफलता मिल्नेछ । पुरानो साथीसँग भेटघाट हुनसक्छ । परिवारमा धार्मिक तथा शुभ कार्य हुनेछन् ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
व्यापारका लागि साथीभाइसँग वैदेशिक यात्रामा जान सकिनेछ । वैदेशिक यात्रा लाभदायक हुनेछ। सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा परिवर्तनको योग रहेको छ । कुनै अतिरिक्त जिम्मेवारी पनि पाउन सकिन्छ। जीवनसाथीबाट मनमुटाव हुन सक्छ। दाजुभाइको सहयोग मिल्नेछ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
नोकरीमा उच्च अधिकारीको सहयोग रहनेछ तर इच्छाविपरीत कुनै अतिरिक्त जिम्मेवारी दिन सकिनेछ । कुराकानीमा सन्तुलित हुनुहोस्। बौद्धिक कामबाट धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यको ख्याल गर्नु होला । पुराना साथीभाइसँग भेटघाट हुनेछ। रोजगारीका लागि साथीभाइको सहयोग मिल्नेछ । आम्दानी बढ्नेछ ।