काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन-कुन राशिलाई शुभ प्रभाव पर्नेछ ?
मेष राशि
यो साता तपाईहरुका लागि शुभ र सौभाग्य ल्याएको छ। रोजगारीका क्षेत्रमा अपेक्षित सफलता हात लाग्न सक्छ । यो साता अविवाहितको विवाह तय हुन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। यो हप्ता परिवार वा साथीहरूसँग यात्रा गर्ने योजना बनाउन सक्नुहुन्छ।
मिथुन राशि
यो साता यस राशिको लागि अनुकूल सावित हुन सक्छ। यो साता आम्दानीका नयाँ स्रोत सृजना हुनेछन्, जम्मा धनमा वृद्धि हुनेछ । करियर, व्यापार आदिमा अप्रत्याशित सफलता मिल्नेछ। वैदेशिक रोजगारीमा जानेहरुका लागि यो साता निकै शुभ रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ।
सिंह राशि
यो साता सिंह राशिको लागि लाभदायक साबित हुन सक्छ। करियर र व्यापारको दिशामा गरिएको प्रयास सफल हुन सक्छ। वैदेशिक रोजगारीमा व्यापार गर्नेले ठूलो फाइदा लिन सक्नेछन् । यो साता तपाईले भौतिक सुखसँग सम्बन्धित कुरामा पैसा खर्च गर्न सक्नुहुन्छ, जसले तपाईको बजेट बिगार्न सक्छ। यो साता परिवार वा साथीभाइसँग यात्रामा जान सकिनेछ। यो साता दाम्पत्य जीवन मधुर रहनेछ।
धनु राशि
यो साता धनु राशिको लागि विशेष हुन सक्छ। साताको प्रारम्भमा चलिरहेको अदालती मुद्दामा ठूलो जीत हात लाग्न सक्छ। राजनीतिमा संलग्न व्यक्तिहरूका लागि यो साता राम्रो साबित हुन सक्छ। यस अवधिमा रोजगारी भएका व्यक्तिहरूले इच्छित स्थानमा सरुवा वा ठूलो पद पाउन सक्छन्। दाम्पत्य जीवन सुखमय रहनेछ।
मकर राशि
यो साता मकर राशिको लागि मिश्रित सावित हुन सक्छ। व्यापार व्यवसायमा अप्रत्याशित लाभले मन प्रसन्न रहनेछ। रोजगारी भएका व्यक्तिले कार्यस्थलमा केही समस्याको सामना गर्नु पर्नेछ। यो साता दुर्घटनाको सम्भावना सृजना भएकाले सावधानीपूर्वक सवारी साधन चलाउनु होला । यो साता व्यापारमा बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्। अन्यथा क्षति हुन सक्छ।