अबको ४ महिना यी राशि रहनुहोस् सावधान, पर्न सक्छ अनेक समस्या !

वैदिक ज्योतिषमा देवगुरु बृहस्पतिको राशि परिवर्तनको विशेष महत्व छ। प्रत्येक १३ महिनामा बृहस्पति ग्रह चार महिनाको लागि राशि परिवर्तन गर्ने गर्ने गर्दछ। नोभेम्बर २४ मा बृहस्पति ग्रह उल्टो चालबाट सिधा चालमा सर्दैछ। यस समयमा बृहस्पति मीन राशिमा उल्टो चालको स्थितिमा विराजमान छ। बृहस्पति मार्गमुखी भएकाले केही राशिमा शुभ प्रभाव र केही राशिमा अशुभ प्रभाव पर्ने देखिन्छ । बृहस्पतिको यस राशि परिवर्तनबाट कुन राशिलाई यो समय भारी हुनेछ जान्नुहोस्।

मेष राशि 

मेष राशिका व्यक्तिहरूलाई गुरुमार्गी भएको अवस्थामा विशेष सावधानी अपनाउन सल्लाह दिइन्छ। यस अवधिमा आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। आर्थिक मामलामा सावधान हुनु होला।

मिथुन राशि

मिथुन राशिका व्यक्तिहरूले मार्गी गुरुको समयमा आर्थिक संकटको सामना गर्नुपर्नेछ। कार्यस्थलमा पनि समस्या आउन सक्छ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूले बृहस्पतिको स्थिति परिवर्तनको  कारण कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ। यस समयमा स्वभावमा परिवर्तन आउन सक्छ। दाम्पत्य जीवनमा तनाव आउन सक्छ।

तुला राशि

बृहस्पतिको गोचरका कारण तुला राशिका व्यक्तिहरूले आर्थिक समस्याको सामना गर्नुपर्ने हुन सक्छ। यस समयमा, धन मामिलामा विशेष सावधान रहनुहोस्।

धनु राशि 

धनु राशिका व्यक्तिले बृहस्पतिको गोचरका कारण जीवनमा समस्या आउन सक्छ। धनु राशिका व्यक्तिहरूलाई व्यापार र जागिरमा समस्या आउन सक्छ। यस समयमा, बुद्धिमानीपूर्वक पैसा खर्च गर्नुहोस्।

अर्को समाचार:

उल्टो चालमा रहेका मंगल यी राशिको लागि अमंगलकारी हुँदै, यी राशिका व्यक्ति रहनुहोस् सावधान !