आजबाट यी राशिका व्यक्ति पर्नेछन् समस्यामा, सूर्य देवको पर्नेछ अशुभ दृष्टि !

वैदिक ज्योतिषमा ग्रहहरूको राजा सूर्यलाई साहस, बहादुरी र आत्माको कारक मानिन्छ। राशिफलमा प्रथम र दशौँ घरको कारकलाई सूर्य भनिन्छ। नोभेम्बर १६ अर्थात् आज वृश्चिक राशिमा सूर्य ग्रह प्रवेश गर्नेछ। सूर्य राशि परिवर्तनले सबै १२ राशि चिन्हहरूलाई असर गर्नेछ। तर, सूर्य गोचर ४ राशिका लागि अशुभ साबित हुनेछ। जान्नुहोस् सूर्य गोचरले कुन राशिलाई अशुभ साबित हुन्छ-

मेष राशि

सूर्य तपाईंको राशिको आठौं घरमा प्रवेश गर्दैछ। यो अवधिमा सावधानी अपनाउनु पर्ने देखिन्छ। यस क्रममा अचानक कुनै घटना घट्न सक्छ। सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला।

वृष राशि

सूर्य यस राशिको सातौं घरमा प्रवेश गर्दैछ। सूर्यको गोचरका कारण स्वास्थ्यको ख्याल राख्नुपर्नेछ। जीवनसाथीसँग मतभेद हुनसक्छ। मानसिक तनाव हुन सक्छ।

तुला राशि

सूर्यदेव तुला राशिको दोस्रो घरमा प्रवेश गर्नेछन्। यस समयमा, तपाईंले आफ्नो बुबाको स्वास्थ्यको ख्याल गर्न आवश्यक छ। सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला। खर्चको मात्रा बढी हुनसक्छ।

धनु राशि

सूर्य धनु राशिको १२ औं घरमा प्रवेश गर्नेछ। यो समयमा, तपाईंले खर्च नियन्त्रण गर्न आवश्यक छ। बुवाको स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। पैसाको मामिलामा सावधान रहनुहोस्।

अर्को समाचार:

४७ वर्षपछि मंगलग्रहको स्थिति विशेष परिवर्तन, अबको ५ महिना यी रशिलाई समस्या पर्ने सक्ने !