भोलिको शनिबार शनि प्रदोष व्रत परेको छ । यसैबिच ज्योतिष शास्त्रका अनुसार यस दिन गजकेसरी योग पनि बन्ने भएको छ । यस्तो अवस्थामा यस दिन शनिदेवको पूजा गर्नाले शनिदेवको कृपा प्राप्त हुने जनविश्वास रहेको छ । त्यस्तै २३ अक्टोबरबाट शनिदेव मकर राशिमा प्रवेश गरेको थियो। जुन धेरै राशिका मानिसहरूका लागि लाभदायक हुन सक्छ। जान्नुहोस् भोलि शनिबारको दिनको शनिदेवको पूजा विधि र महत्त्व।
यसरी बनिरहेको छ गजकेसरी योग
ज्योतिषशास्त्रका अनुसार शनिबार चन्द्रमा मीन राशिमा प्रवेश गर्नेछ भने पहिले नै बृहस्पति ग्रह मीन राशिमा छ । यस्तो अवस्थामा भोलि शनिबार गजकेसरी योग बनिरहेको छ । यस पटक भोलि शनिबार प्रदोष गजकेसरी योगमा बनिरहेको छ । यस्तो अवस्थामा यस दिने बसिने व्रतको फल धेरै गुणा बढ्छ।
कुम्भ र मीन राशिका व्यक्तिहरूले लाभ प्राप्त गर्नेछन् ।
शनिदेव कुम्भ र मीन राशिका स्वामी हुन् । शनिबार बनेको गजकेसरी योगलाई अत्यन्तै शुभ मानिन्छ । यस्तो अवस्थामा यस राशिका व्यक्तिले यस दिन शनिदेवको पूजा गर्नाले शनि देवको प्रभाव कम भई लाभ प्राप्त हुन्छ ।
मीन राशि भएका व्यक्तिहरुको भाग्य खुल्न सक्छ
मीन राशिमा ‘गजकेसरी योग’ बनिरहेको छ । यस्तो अवस्थामा यो राशिका व्यक्तिले धेरै फाइदा लिन सक्छन् । आर्थिक वृद्धिसँगै आर्थिक लाभ हुन सक्छ। साथै, करियर र व्यापार मा लाभ हुन सक्छ।
यसरी गर्नुहोस् शनिदेवको पूजा
शनिबार बिहान सबेरै उठेर नुहाउनुहोस् । शनि मन्दिरमा शनिदेवको पूजा गरी शनिको पाठ गर्नुहोस्। साँझ शनि मन्दिरमा तोरीको तेलको दियो बालेर कालो तिल दान गर्नुहोस्, शनि चालिसा र शनि मन्त्रको जप गर्नुहोस्। शनिबार सुन्दरकाण्ड गर्नाले पनि लाभ हुने जनाइएको छ ।
शनिबार भुलेर पनि नगर्नुहोस् यो काम
शनिबार पैसाको घमन्ड नगर्नुहोस्। कसैको अपमान नगर्नुहोस् र कसैलाई हानि नगर्नुहोस्। सकेसम्म अरूलाई मद्दत गर्नुहोस्।