वैदिक ज्योतिष शास्त्र अनुसार वर्षको अन्तिम चन्द्रग्रहण नोभेम्बर ८ मा लाग्दैछ । यो खग्रास चन्द्रग्रहण ग्रहणको रुपमा देखिनेछ । यो चन्द्रग्रहणमा २०० वर्षपछि दुईवटा अशुभ योग पनि बन्न थालेका छन्, जुन केही राशिका लागि अशुभ साबित हुनसक्छन् । त्यस्तै ज्योतिषशास्त्रका अनुसार १५ दिनभित्र दुईवटा ग्रहण लाग्नु अशुभ मानिन्छ । जानौँ कुन राशिका लागि चन्द्रग्रहण अशुभ साबित हुन सक्छ ।
ज्योतिषशास्त्रका अनुसार शनि र मंगल आमनेसामने भएकाले ‘षडाष्टक योग, नीचराज भाङ अशुभ योग बनिरहेको छ । साथै मेष र भरणी नक्षत्रमा यो योग रहनेछ । जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ, तब चन्द्रग्रहण लाग्छ। साथै सुतक चन्द्रग्रहण लाग्नु भन्दा ९ घण्टा अगाडि सुरु हुन्छ।
ग्रहको समयमा यी राशिका व्यक्ति रहनुहोस् सावधान
मेष राशि
मेष राशिको लागि चन्द्रग्रहण अशुभ साबित हुन सक्छ। किनकी यो ग्रहण यस राशिमा मात्रै लागेको छ । तसर्थ, यो समयमा स्वास्थ्य समस्या हुन सक्छ। साथै, वरिष्ठ वा अरू कसैसँग विवाद हुन सक्छ। परिवारका सदस्यहरूसँग मनमुटाव हुन सक्छ। यस बाहेक कतै लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो समय उपयुक्त छैन । साथ-साथै साझेदारीको काममा केही हानि हुन सक्छ।
तुला राशि
चन्द्रग्रहण यस राशिको लागि पीडादायी साबित हुन सक्छ। यस समयमा आफ्नो जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुपर्छ। साथै जीवनसाथीसँग कुनै कुरामा विवाद हुन सक्छ। काममा विभिन्न अवरोध आउन सक्छ। व्यापार व्यवसायीहरुका लागि यो समय निकै चुनौतीपूर्ण सावित हुन सक्छ । यो समयमा सवारी साधन पनि सावधानीपूर्वक चलाउनुपर्छ । कारण दुर्घटना हुने सम्भावना रहन्छ ।
धनु राशि
चन्द्रग्रहण धनु राशिका व्यक्तिका लागि हानिकारक साबित हुन सक्छ। यस समयमा केही अज्ञात भयले सताउन सक्छ। साथै, कार्यस्थल वा व्यक्तिगत जीवनमा कुनै कुरालाई लिएर तनाव हुन सक्छ। कुनै पनि पुरानो रोगले तपाईलाई सताउन सक्छ। साथै यो समयमा व्यापारमा कुनै पनि ठूलो सम्झौता यो अन्तिम समयमा रोकिन सक्छ। त्यसैगरी यस राशिमा शनिदेवको साढे सातिको प्रभाव पनि देखिन्छ । त्यसैले ग्रहणको समयमा घरबाहिर ननिस्कनु होला ।