ज्योतिषशास्त्र अनुसार सोमबारलाई भगवान शिवको दिन मानिन्छ । यस दिन विधिपूर्वक भगवान शिवको पूजा गर्नाले सबै दुःख हट्छ । यसै गरी सोमबार भगवान भोलेनाथको पूजा–आराधना गरी व्रत गर्नाले जीवनका समस्याबाट मुक्ति मिल्ने र आर्थिक समस्या कम हुने जनविश्वास रहेको छ । जान्नुहोस् सोमबार भगवान शिवको पूजा विधिको बारेमा….
पूजा विधि
धार्मिक मान्यता अनुसार सोमबार बिहान स्नान गरेपछि शिवलाई पहिले गंगाजल, फूल, बेलपत्र, दूध र दहीले स्नान गर्नुहोस् । त्यसपछि फूल र चन्दन लगाएपछि घ्यूको दियोले आरती गर्नुपर्छ । मन्दिर वा घरमा पूजा गर्दा शिवको जप गर्नुपर्छ। ज्योतिषशास्त्रका अनुसार यसो गर्नाले घरमा सुख शान्ति रहनुका साथै आर्थिक सङ्कट कम हुन्छ । यसका साथै मानसिक तनाव जस्ता समस्या पनि कम हुन्छ ।
पूजा गर्दा यी कुरामा ध्यान दिनुहोस्
ज्योतिष शास्त्र अनुसार भगवान शिवको पूजामा तिलको प्रयोग गर्नु हुदैन । सेतो फूल पनि चढाउनु हुँदैन । साथै पूजा गर्दा कालो कपडा लगाउनु हुँदैन । रातो र पहेँलो वस्त्र लगाएर पूजा गर्न सकिन्छ ।
यी मन्त्रको जप गर्नुहोस्
महामृत्युञ्जय मन्त्रको १०८ पटक जप गर्नुहोस्। यो मन्त्रको जप गर्नाले सबै प्रकारका समस्याहरु हट्ने जनविश्वास रहेको छ । धन आर्जन हुनुका साथै लामो समयदेखिको समस्याबाट पनि छुटकारा मिल्नेछ । त्यस्तै सोमबार रुद्राभिषेक गर्नुको फाइदा पनि ज्योतिषमा उल्लेख गरिएको छ । आर्थिक वृद्धिका लागि मह र सुद्ध घिउले अभिषेक गर्ने जनविश्वास रहेको छ । अर्कोतर्फ तोरीको तेलले अभिषेक गर्नाले पारिवारिक झगडा जस्ता समस्या कम हुने बताइएको छ । गाईको दूधले अभिषेक गर्नाले घरमा शान्तिको वातावरण रहन्छ ।