काठमाडौँ : सन् २०२२ सकिन अब करिब साढे तीन महिना बाँकी छ। यो वर्ष कसैका लागि राम्रो र कसैका लागि खराब रह्यो। अब डिसेम्बर सन् २०२२ सम्मको यो बाँकी समय कस्तो होला भनेर हरकोहीँ उत्सुक छन्। यसको उत्तर ज्योतिष शास्त्रबाट प्राप्त गर्न सकिन्छ।
यो वर्ष धेरै ग्रहहरूले आफ्नो राशि परिवर्तन गरेका छन्। कुनै पनि ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्दा त्यसको शुभ या अशुभ प्रभाव सबै राशिहरुमा पर्छ। सूर्य, बुध, शुक्र र मङ्गलले आगामी केही महिनामा आफ्नो राशि परिवर्तन गर्दैछन्। त्यस्तै शनि ग्रह पनि मार्गी हुनेछ। यसको शुभ प्रभाव ४ राशिमा देखिनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका लागि आगामी साढे तीन महिना निकै लाभदायक साबित हुनेछ। यस समयावधिमा मिथुन राशिका जीवनमा थुप्रै सकारात्मक परिवर्तनहरु आउनेछन्। धन आवागमन बढ्नेछ। धन आर्जनका नयाँ अवसरहरु मिल्नेछन्। जागिरमा पदोन्नति हुनेछ।
व्यापार व्यावसायमा मनग्य धन-लाभ हुनेछ। प्रियजनसँग प्रेम बढ्नेछ। नयाँ घर या वाहन खरिदको योग देखिन्छ। विवाहको योग बन्न सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुन् सक्छ।भगवान श्रीकृष्णको आराधना गर्नाले मनोकामना पूरा हुनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
सन् २०२२ डिसेम्बरसम्मको समय वृश्चिक राशिका जातकको लागि भाग्यशाली साबित हुनेछ। भाग्यले साथ दिनेछ। सूर्य र शुक्रको गोचरले तपाईलाई धन-लाभ दिनेछ। कतै पैसा लगानी गर्न चाहनुहुन्छ भने यो समय सही रहेको छ। वैदेशिक यात्राको योग बन्न सक्छ।
पति-पत्नी बीचको सम्बन्धमा सुधार आउनेछ। सन्तानले सुख दिनेछन्। घरमा माङ्गलिक कार्य गर्नु शुभ हुनेछ। भाग्यले साथ दिनेछ। साना-ठूला काम अब मिहिनेत नगरी भाग्यको दममा सम्पन्न हुनेछन्। गाईलाई रोटी दिएर सेवा गर्दा लाभदायी साबित हुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
शुक्र र सूर्यको गोचरले धनु राशिका व्यक्तिहरुलाई शुभ समाचार ल्याउनेछ। आगामी साढे तीन महिना धनु राशिका जातकलाई पैसाको कुनै कमी हुनेछैन्। बेरोजगारहरुले रोजगारको अवसर पाउनेछन्। पहिल्यैदेखि जागिर गरिरहेकाहरुले बढुवा प्राप्त गर्न सक्छन्। नयाँ कामको प्रस्ताव पाउनुहुनेछ।
भौतिक सुखसुविधामा वृद्धि हुनेछ। यो वर्षका बाँकी दिनहरु सुख शान्तिका साथ बित्नेछन्। स्वास्थ्य अवस्था राम्रो रहनेछ। कुनै शुभ कार्यले लामो यात्रा तय हुन् सक्छ। प्रत्येक मङ्गलबार र शनिबार हनुमान चालिसा पढ्दा दुख समाप्त हुनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मङ्गल र बुध ग्रहको राशि परिवर्तनले मीन राशिका व्यक्तिहरुलाई धेरै लाभ दिनेछ। वर्षको अन्त्यसम्म तपाईका दिनहरु सुखद् रहनेछन्। करियरमा धेरै सकारात्मक परिवर्तन हुनेछन्। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। रोकिएको पैसा उपलब्ध हुनेछ।
बाँकी रहेका सबै काम समयमै सम्पन्न हुनेछन्। प्रेम सम्बन्धको मामिलामा सफलता हात लाग्नेछ। अड्डा-अदालतको मामिलामा फैसला तपाईको पक्षमा आउनेछ। पुराना समस्याहरुका समाधान निस्कनेछन्। दुखको अन्त्य हुनेछ। हरेक सोमबार शिवलाई जल अर्पण गर्नु लाभदायक हुनेछ।