आगामी २ हप्ता दुखै-दुख झेल्नेछन् यी ४ राशिले, शुक्र अस्ताउँदा मडारिनेछ सङ्कटको बादल

काठमाडौँ : – ज्योतिषशास्त्रका अनुसार कुनै पनि ग्रह सूर्यको नजिक आउँदा त्यो ग्रह अस्त हुन्छ। यसले यसको कारक तत्वहरूको प्रभावलाई पनि कम गर्छ। फलस्वरूप यसबाट प्रभावित राशिका व्यक्तिहरूमा समस्याको बादल मडारिन थाल्छ। गत भदौ ३० गते बिहिबार शुक्र ग्रह सिंह राशिमा अस्त भएको छ। शुक्र अब असोज १६ गते आइतबार उदय हुनेछ। यो समयावधिमा केही राशिका मानिसहरुले कठिनाईको सामना गर्नुपर्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका मानिसहरुका लागि असोज १६ गतेसम्मको समय कष्टपूर्ण रहनेछ। जीवनमा एकपछि अर्को गरी अनेकन् दुःखहरुको आगमन हुनेछ। शत्रुहरु सक्रिय हुनेछन् र पहिलेभन्दा शक्तिशाली हुनेछन्। शत्रुबाट जोगिएर हिड्नुहोला। सोचविचार गरी धनखर्च गर्नुहोला। आफ्नो बहुमूल्य चीजहरूको ख्याल राख्नुहोस्। क्रोधलाई नियन्त्रण गर्नुहोस्। पारिवारिक सम्बन्ध बिग्रन सक्छ। साथीभाईले धोका दिन सक्छन्। श्रीमान श्रीमतीबीच लडाई-झगडा हुन सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शुक्र अस्ताउँदा कन्या राशिका व्यक्तिले धेरै समस्याको सामना गर्नुपर्नेछ। आफ्नाहरुले साथ छोड्नेछन्। जीवनसाथीबाट धोका पाउनुहुनेछ। भाग्यले पनि साथ दिनेछैन। कुनै पनि काम सम्पन्न गर्न धेरै मेहनत गर्नुपर्नेछ। धन आर्जनमा कठिनाई आउनेछ। बेरोजगारले अझैँ जागिर पाउन सक्ने छैनन्। व्यापारमा घाटा हुन सक्छ। कतै पैसा लगानी नगर्नुहोला। आफ्नो बोलीमा नियन्त्रण गर्नुहोला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

शुक्र अस्ताउँदा मकर राशिको आर्थिक अवस्था कमजोर हुनेछ। व्यर्थ धन खर्च हुनेछ। तपाईका केही बहुमूल्य सामानहरू चोरी हुन सक्छन्। त्यसैले सतर्कता अपनाउनुहोस्। कसैलाई आँखा चिम्लिएर विश्वास नगर्नुहोस्। अन्यथा धोका पाउनुहुनेछ। कुनै नयाँ काम सुरु गर्न चाहनुहुन्छ भने असोज १६ गतेपछि गर्दा राम्रो हुनेछ। दुर्भाग्यले तपाईको पिछा छोड्नेछैन्। वर्षौँदेखिको मित्रता टुट्नेछ। आफ्नो रिसलाई नियन्त्रण गर्नुहोला।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शुक्र अस्तको प्रभाव कुम्भ राशिका जातकमा पनि पर्नेछ। धनसम्बन्धी मामिलामा केही रोकावट आउन सक्छ। आर्थिक स्थिति कमजोर हुन् सक्छ। टाढाको यात्रा नगर्नुहोस्। वैदेशिक यात्राको विचार गर्दै हुनुहुन्छ भने अहिलेलाई केही समय रोकिनुहोस्। कतै पैसा लगानी नगर्नुहोस्। घरजग्गा खरिद-बिक्री गर्ने काम पनि असोज १६ गतेपछि पनि गर्दै वेश हुन्छ। विलासी चीजहरूमा पैसा बर्बाद गर्नु मूर्खता हुनेछ। आफ्नो बोलीमा नियन्त्रण गर्नुहोला।

अर्को समाचार:

१९ वर्षसम्म रहन्छ शनिको महादशा, जान्नुहोस् यसको दुष्प्रभाव र बच्ने उपाय !