असोज १६ गतेसम्म सुनझैँ चम्किनेछ ३ राशिका भाग्य, बुधदेवको उल्टो चालले बनाउनेछ मालामाल

काठमाडौँ : ज्योतिष शास्त्रमा बुध ग्रहलाई सबै ग्रहहरुको राजकुमार मानिन्छ। बुधको स्थितिले हाम्रो राशि र जीवनमा गहिरो प्रभाव पार्छ। गत भदौ २५ गते शनिबार बुध कन्या राशिमा वक्री भईसकेको छ। अब बुध यो स्थितिमा असोज १६ गते आइतबारसम्म रहनेछ। बुधको उल्टो चालले तीन खास राशिहरुमा शुभ प्रभाव पार्नेछ। त्यसोभए यी राशिका व्यक्तिहरुलाई के-के फाइदाहरु हुनेछन् त ?

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – 

बुध कन्या राशिमा वक्री हुँदा कन्या राशिका जातकले मनग्यै धन लाभ गर्नेछन्। आयका नयाँ साधनहरु फेला पार्नुहुनेछः। धन आर्जनका नयाँ अवसरहरु फेला पार्नुहुनेछ। व्यापार-व्यवसायमा ठूलो सम्झौता हुन् सक्छ। बेरोजगारहरूले रोजगारको अवसर पाउनेछन्। रोकिएका धन फिर्ता हुनेछ। घर खरिद या बिक्रीको योग बन्नेछ।

बिग्रिएका सबै काम समयमै पूरा हुनेछन्। भाग्यले साथ दिनेछ। सन्तानको पक्षबाट केही सुखद समाचार प्राप्त हुनेछ। घरमा शान्तिको वातावरण रहनेछ। प्रियजनबाट सहयोग मिल्नेछ। शुभकर्मले यात्रा गर्न सकिनेछ। भगवान दाहिना हुनेछन्। सबै काम बिना कुनै बाधा-अवरोध पूरा हुनेछन्। घरका मानिसहरु प्रगतिपथतर्फ लम्किनेछन्।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – 

वक्री बुधले मकर राशिका मानिसहरुका जीवनमा रङ्ग ल्याउनेछ। दुर्भाग्यले तपाईको पिछा छाड्नेछ। भाग्यको दममा ठूलो धनराशि लाभ गर्नुहुनेछ। पुरानो रोगबाट मुक्ति पाउनुहुनेछ। शत्रुहरुले तपाईको अगाडी घुँडा टेक्नेछन्। समाजमा तपाईको मान-सम्मान बढ्नेछ। अड्डा-अदालतको मामिलामा फैसला तपाईको पक्षमा हुनेछ। प्रेम सम्बन्धको मामिलामा सफलता प्राप्त हुनेछ।

अविवाहितहरुले योग्य जीवनसाथी पाउनेछन्। नयाँ व्यापार-व्यवसाय सुरु गर्नको लागि सही समय रहेको छ। लक्ष्मी माताको कृपाले धन लाभ हुनेछ। नयाँ घर तथा वाहन खरिदको योग छ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। वैदेशिक यात्राको सम्भावना छ।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – 

वक्री बुधको कारण मीन राशिको सम्पूर्ण दुख-दर्दहरु हट्नेछन्। जीवनमा सुखको आगमन हुनेछ। सबै भौतिक सुख-सुविधाको आनन्द उठाउनुहुनेछ। नयाँ रोजगारीको प्रस्ताव आउन सक्छ, अस्वीकार गर्ने गल्ती नगर्नुहोला। नयाँ कामले तपाईको जीवन परिवर्तन गर्नेछ। विद्यार्थीहरुका लागि समय अत्यधिक राम्रो रहनेछ।

पति-पत्नीबीचको सम्बन्धमा सुधार आउनेछ। घरमा सुख-समृद्धि आउनेछ। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। शेयर बजारमा लगानी गर्नको लागि समय उत्तम छ। घर-जग्गा लगायतका सम्पत्तिको सम्बन्धमा फैसला तपाईको पक्षमा आउनेछ। घरमा माङ्गलिक कार्य हुन् सक्छ। शुभ कार्यले लामो यात्राको अवसर जुर्न सक्छ। पशुपालन तपाईको लागि शुभ रहनेछ।

अर्को समाचार:

जुन व्यक्तिमा हुन्छ यस्ता ३ गुण, पाइला-पाइलामा मिल्छ खुब सफलता