आगामी महिना ३ राशिमा हुनेछ राहुको विशेष कृपा, हरेक दु:ख-समस्याको हुनेछ अन्त्य !

धार्मिक मान्यता अनुसार राहु ग्रह क्रोधित स्वभावको ग्रह मानिन्छ । त्यसैले जुन राशिमा यस ग्रहको अशुभ प्रभाव हुन्छ त्यस राशिको व्यक्तिलाई रिस नआओस् भन्ने चिन्ता हुन्छ । किनभने क्रोधले व्यक्तिको जीवनमा प्रतिकूल प्रभाव पार्छ। यस समय मेष राशिमा राहु ग्रह रहेको छ । जसमा उनी राहु तीन महिनासम्म हुनेछन् । जसको प्रभाव मिथुन, कर्कट र मीन राशिमा सकारात्मक रहनेछ । जान्नुहोस् राहु ग्रहको चालबाट यी व्यक्तिहरूलाई के-के फाइदा हुनेछन्।

मिथुन राशि 

यस राशिका व्यक्तिहरुलाई कानुनी मामिलामा राहत मिल्नुका साथै आर्थिक लाभको सम्भावना पनि रहेको छ । शेयर बजारमा लगानी गर्दा लाभ मिल्नेछ । अबको तीन महिनाभित्र घरजग्गा आदि खरिद गर्न सकिनेछ ।

कर्कट राशि 

यो राशिका मानिसहरुका लागि आगामी तीन महिना कामको दृष्टिले राम्रो रहनेछ । व्यापार व्यवसायमा संलग्न व्यक्तिहरुका लागि लाभ हुने सम्भावना छ । यस समयमा नयाँ कामको थालनीका लागि पनि समय राम्रो छ । परिवारको आर्थिक समस्याको अन्त्य हुनेछ। कामदारले पदोन्नति पाउन सक्नेछन् ।

 मीन राशि 

यस राशिका व्यक्तिहरुका लागि आगामी तीन महिना सुखमय रहनेछ । लामो समयदेखि रोकिएको धन प्राप्त हुने सम्भावना छ। विद्यार्थी वर्गको मन पढाइ लेखाइमा बढी रहनेछ। घरमा दुःख कम हुनेछ र परिवारसँग घनिष्ठता बढ्नेछ।

अर्को समाचार:

असोज १ गतेको राशिफल: शनिबार ५ राशिको भाग्य सूर्य समान चम्किने, २ राशि रहनुहोस् सावधान !