काठमाडौँ : ज्योतिष शास्त्रअनुसार हरेक राशि र ग्रहको आपसमा गहिरो सम्बन्ध हुन्छ। त्यसैले कुनै पनि ग्रहले आफ्नो राशि परिवर्तन गर्दा त्यसको प्रभाव सबै १२ वटै राशिहरुमा पर्छ। भोलि असोज १ गते सूर्य ग्रह कन्या राशिमा गोचर गर्दैछ। यस्तो अवस्थामा तीन खास राशिका जातकको भाग्य पल्टिनेछ। उनीहरुले धेरै लाभहरु पाउनेछन्।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
सूर्य ग्रहको राशि परिवर्तनले मिथुन राशिका मानिसहरुको जीवन सुखमय हुनेछ। तपाईका जीवनका सबै दुखहरु क्रमश समाप्त हुनेछन्। घर-परिवारमा सुख र शान्तिको माहोल रहनेछ। पति-पत्नीबीच प्रेम बढ्नेछ। घरमा माङ्गलिक कार्य हुन् सक्छ। शुभ समाचार प्राप्त हुन् सक्छ। धन आर्जनको नयाँ अवसर मिल्नेछ। गरिबीको नामोनिशान मेटिनेछ। आर्थिक स्थिति मजबूत हुनेछ।
भाग्यले साथ दिनेछ। बिग्रिएका काम पनि समयमै बन्नेछन्। काममा प्रगति गर्नुहुनेछ। व्यापार व्यावसायमा नाफा बढ्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। घर-जग्गा खरिद-बिक्रीको योग बन्न सक्छ। कुनै शुभ कार्यले यात्राको अवसर जुर्न सक्छ। तपाईको कामको समाजमा प्रशंसा हुनेछ। स्वास्थ्य अवस्था राम्रो हुनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
सूर्य ग्रह कन्या राशिमै प्रवेश गर्दैछ। त्यसैले यस राशिका जातकले सबैभन्दा बढी लाभ उठाउनेछन्। सन्तानले सुख दिनेछन्। शुभ कामले यात्राको अवसर मिल्न सक्छ। तपाईका सबै अड्किएका कामहरू समयमै सम्पन्न हुनेछन्। सबै पुराना सपना बिस्तारै पुरा हुनेछन्। अनुहारमा एक अलग चमक देखिनेछ। घरमा शान्ति छाउनेछ।
स्वास्थ्य राम्रो रहनेछ। समाजमा मान-सम्मान बढ्नेछ। बोस तपाईको कामबाट प्रसन्न हुनेछन्। तपाईको कामको सर्वत्र प्रशंसा हुनेछ। करियरमा ठुलो लाभ मिल्नेछ। जीवनमा धेरै अगाडी बढ्नुहुनेछ। पुराना रोगहरुबाट छुटकारा पाउनुहुनेछ। आर्थिक स्थिति राम्रो रहनेछ। धन आर्जनको नयाँ बाटोहरु खुल्नेछन्। घरमा सुख-समृद्धि छाउनेछ। धनको आवागमन रोकिनेछैन।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
कन्या राशिमा सूर्यको गोचरले वृश्चिक राशिका व्यक्तिहरूलाई पनि धेरै लाभ दिनेछ। प्रेम सम्बन्धमा सफलता हासिल गर्नुहुनेछ। मनको विशेष मनोकामना पूरा हुनेछ। प्रियजनको माया र साथ पाउनुहुनेछ। दाम्पत्य जीवन सुखले भरिनेछ। पैसा लगानी गर्नको लागि यो सबैभन्दा उपयुक्त समय हो। नयाँ व्यापार सुरु गर्नको लागि पनि समय सही छ।
अड्डा-अदालतका मामिलाहरुका फैसला तपाईको पक्षमा हुनेछ। सन्तानले शुभ समाचार दिनेछन्। वैदेशिक यात्राको योग बन्न सक्छ। शत्रुले तपाईको केही बिगार्न सक्नेछैन्। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। धोकेबाज मानिसहरुबाट टाढै रहनुहोला। भगवानप्रतिको आस्था बढ्नेछ। घरमा कुनै माङ्गलिक कार्य हुन् सक्छ। स्वास्थ्य अवस्थामा सुधार आउनेछ।