धन सुख दाता शुक्र देव अस्त हुँदै, यी राशिको चम्किन सक्छ भाग्य !

दिक ज्योतिषमा शुक्र ग्रहलाई धेरै शुभ मानिएको छ किनभने शुक्र ग्रहले मानव जीवनमा सुख, समृद्धि, सौन्दर्य, सम्मान, प्रेम प्रदान गर्दछ। त्यसैले यस ग्रहलाई धन र सुखको कारक पनि मानिन्छ। ज्योतिष शास्त्रमा कुनै पनि ग्रह अस्त हुनुलाई राम्रो मानिँदैन तर कहिलेकाहीँ ग्रहले अस्त हुँदा पनि  शुभ फल पनि दिन्छ।

सेप्टेम्बर १५ तारिख २:४४ मा सिंह राशिमा शुक्र अस्त भएपछि डिसेम्बर २ तारिख बिहान ६:२८ सम्म सिंह राशिमा रहनेछ। शुक्रको स्थानमा हुने कारणले मनमुटाबका कारण आर्थिक तथा व्यक्तिगत समस्या आउन सक्छ। तर शुक्र ग्रह अस्तले केही राशिका मानिसहरुका लागि यो शुभ साबित हुन हुनेछ । जान्नुहोस् शुक्र साता हुँदा कुन-कुन राशिलाई शुभ हुनेछ ।

मेष राशि  

शुक्र मेष राशिका व्यक्तिहरूको दोस्रो र सातौँ घरको स्वामी हो र राशि परिवर्तन गरेर पाँचौँ घरमा जानेछ । शुक्रको स्थितिका कारण केही बाधा व्यवधानको सामना गरेपछि राम्रो नतिजा प्राप्त गर्न सकिनेछ। सिंह राशिमा शुक्रको गोचरको समयमा मेष राशिका व्यक्तिले राम्रो पैसा कमाउन र व्यक्तिगत जीवनमा खुसी कायम राख्नमा बढी रुचि लिन सक्नुहुन्छ। नयाँ कामको अवसर मिल्न सक्छ । नकारात्मकतासँग लड्न सक्षम हुनुहुनेछ र काममा सफलता प्राप्त गर्नुहुनेछ।

कर्कट राशि 

कर्कट राशिका लागि चौथो र एघारौँ घरको स्वामी शुक्र दोस्रो घरमा विराजमान हुनेछन् । यस राशि परिवर्तनको कारण सम्पत्ति खरिद वा लगानी क्षेत्रबाट फाइदा लिन सकिनेछ । विभिन्न स्रोतबाट धेरै पैसा कमाउने इच्छा हुन सक्छ। तपाई व्यवसायमा हुनुहुन्छ भने तपाईले नाफा कमाउने सम्भावना छ । आर्थिक रूपमा यस अवधिमा राम्रो हुने देखिन्छ । उत्तराधिकारको रूपमा धन प्राप्त गर्न सक्नुहुन्छ। आर्थिक स्थिति राम्रो रहनेछ तर घरायसी खर्च बढ्न सक्छ।

तुला राशि 

 

तुला राशिका लागि शुक्र पहिलो र आठौँ घरको स्वामी हो र एघारौँ घरमा अवस्थित छ। सिंह राशिमा शुक्रको गोचरले केही अवरोधहरू सामना गरेपछि आफ्नो काममा राम्रो प्रगति देख्न सक्नुहुनेछ। व्यवसायमा हुनुहुन्छ भने बिस्तारै नाफा कमाउन सकिनेछ । धन आर्जनको साथमा लाभ र खर्च हुनेछ। बिस्तारै आफ्नो सम्बन्धमा खुसी देख्नुहुनेछ। यस अवधिमा स्वास्थ्य सम्बन्धी कुनै ठुलो समस्या देखिने छैन। अप्रत्याशित आर्थिक लाभ हुने सम्भावना छ ।

अर्को समाचार:

ग्रह-नक्षत्रको स्थितिको कारण असोज २ गतेसम्म यी राशिलाई मिल्नेछ खुसीको खबर, हुनेछ लाभै-लाभ !