साताको शुभ राशि: यस साताको अबको ३ दिन यी राशिलाई अत्यन्तै शुभ, कुन-कुन राशि ?

हरेक दिन हुने ग्रह-नक्षत्र परिवर्तनको आधारमा राशिफल निर्धारण गरिन्छ । यस साता अबको ३ दिन ग्रह नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुने भएको छ भने केही राशिले विभिन्न समस्याको सामना गर्न पर्ने भएको छ । जान्नुहोस् कुन-कुन राशिलाई यस साताको अबको बाँकी दिन शुभ हुनेछ ।

• ज्योतिषाचार्य दामोदरनाथ लोहनी

वृष राशि 

पहिलेको भन्दा सप्रिएको साता छ । सम्मान र प्रतिष्ठामा भएको हानिलाई परिपूर्ति गर्न सकिने अवस्था छ । मित्रको सहयोग राम्रैसित पाउनु होला । प्राविधिक खाले काममा राम्रै सफलता छ । शिक्षाकै क्षेत्रमा पनि पहिलेको भन्दा प्रगति हुने देखिन्छ ।

मिथुन राशि 

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । धेरै काम बन्नेछन् । भ्रमणले गर्दा पनि उपलब्धि नै पाउनुहुनेछ । व्यापार, व्यवसायमा हानि देखिन्न । नजिकका भन्दा टाढाका मित्रले सहयोग दिनेछन् । प्रेम र विवाहको कुरामा समेत प्रगति हुनेछ ।

तुला राशि 

त्यति नराम्रो साता छैन । पूरा काम नबने पनि असफलता देख्नुपर्ने छैन । अलिकति परिश्रम भने बढाउनुपर्ने देखिन्छ । असल कुरा तपाईंको कानमा पर्न सक्छन् । विवाहसम्बन्धी प्रस्तावसमेत सकारात्मक मोडमा जानेछ । भगवतीको आराधनाले धेरै बाधा हट्नेछन् ।

वृश्चिक राशि 

खर्च त घट्ने छैन तर गरेका काममा प्रगति हुनाले मनमा सन्तोष नै होला । यात्राको सम्भावना छ भने यात्राकै लागि खर्च पनि हुनेछ । पैसाको बचत हुने समय छैन । राम्रो काममा नै खर्च हुनाले मानसिक चिन्ता भने पर्ने देखिन्न । भोजभतेर निकै पर्नेछन् ।

अर्को समाचार:

आज भदौ ३० गते बिहीबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !