सामान्यतया सबै जना सपना देख्छन्। भनिन्छ कि सपनाले हामीलाई भविष्यका घटनाहरू तर्फ सङ्केत गर्छ। त्यसै गरी, कतिपय सपनाले हामीलाई खुसी बनाउँछ भने कतिपय सपना देख्दा चिन्तित हुन्छौँ । वास्तवमा यो हैन कि हामीले देखेको सपना वास्तविक जीवनमा पनि उस्तै अर्थ लाग्छ । यहाँ हामी सपनामा आफ्नो विवाह भएको देखियो भने यसको अर्थ के हो भन्ने बारेमा कुरा गर्नेछौँ, जान्नुहोस्….
विवाह भएको सपना देख्नु
यदि तपाई अविवाहित हुनुहुन्छ र तपाईको सपनामा आफ्नै विवाह भएको देख्नु हुन्छ भने यो एक शुभ सङ्केत हो र यसको मतलब यो हो कि तपाईं सम्बन्ध, व्यापार मा केही प्रतिबद्धता दिन जाँदै हुनुहुन्छ।
आफ्नै प्रेमी-प्रेमिकासँग विवाह भएको देख्नु
सपना शास्त्रका अनुसार प्रेम साथीसँग विवाहको सपना देख्नुभयो भने यो शुभ सङ्केत हो । यसको अर्थ तपाई आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न समय आएको भन्ने बुझिन्छ । साथै, यदि तपाईंले यस समयमा आफ्नो पार्टनरसँग विवाह गर्ने निर्णय गर्नुभयो भने, तपाईंको वैवाहिक जीवन सुखद हुनेछ।
विवाहको तयारी गरेको सपना देख्नु
यदि तपाइँ विवाहको तयारी गरेको सपना देख्नु भएको भने, यो राम्रो सङ्केत होइन। यसको मतलब आगामी दिनमा तपाईलाई मानसिक चिन्ता हुन सक्छ। तनाव पनि हुन सक्छ । वा करियर र व्यापारमा घाटाको सामना गर्नुपर्ने हुन सक्छ।
विवाह मण्डप र विवाहमा नाचेको देख्नु
सपना शास्त्र अनुसार सपनामा विवाहको मण्डप भत्किएको देख्नु राम्रो सपना मानिँदैन । यस्तो सपनाको अर्थ तपाईको काममा बाधा आउनेछ। सपनामा विवाह मण्डप हेर्नुको अर्थ तपाईको घरमा कुनै शुभ कार्य हुन लागेको हो । सपनामा विवाहमा नाच्नु राम्रो सपना हो। सपनामा विवाहमा नाच्नु भनेको राम्रो समाचार पाउनुहुनेछ।