भोलि भदौ महिनाको शुक्ल पक्षको एकादशीलाई परिवर्तिनी एकादशी वा पद्म एकादशी भनिन्छ। यस पवित्र दिन भगवान श्री हरि विष्णुको वामन अवतारको पूजा गरिन्छ। यस दिन भगवान श्री हरि विष्णु निद्रामा परिणत हुने जनविश्वास छ । यस पक्ष परिवर्तन गर्दा ईश्वरको स्थान परिवर्तन हुन्छ, त्यसैले यस एकादशीलाई परिवर्तिनी एकादशी भनिन्छ। वास्तुशास्त्रका अनुसार एकादशीको शुभ तिथिमा हामीले केही कुराको विशेष ख्याल गर्नुपर्छ । जान्नुहोस् के-के हुन् ?
एकादशी व्रतमा प्रत्येक क्षण भगवान श्री हरि विष्णुको ध्यान गर्नु शुभ मानिन्छ । व्रतमा सात्त्विकताको पूर्ण पालना गर्नुहोस्। यस दिन धैर्य गर्नुहोस्। व्रत बस्नेले पुरै दिन पूजामा बिताउनुहोस् । यो व्रत माता लक्ष्मीको शुभ व्रत हो, त्यसैले यस दिन माता लक्ष्मीको पनि पूजा गर्नुहोस्। यस दिन कुनै कठोर शब्दको प्रयोग नगर्नुहोस्। यस दिन साँझाको समयमा सुत्नु हुँदैन ।
यस दिन अभावमा परेकाहरूलाई दान गर्नुहोस्। यदि सम्भव छ भने गंगामा स्नान गर्नुहोस्। एकादशीको व्रत गर्नाले धन, मान-सम्मान र पितृ मोक्ष प्राप्त हुने मान्यता रहेको छ । यस व्रतमा रात्रि जागरण र भगवानको भजन कीर्तन गर्नुहोस्। एकादशीको दिन साँझ घरको उत्तर-पूर्व दिशामा गाईको घ्यूको दियो बाल्नुहोस्।
विवाह हुनमा समस्या आएका व्यक्तिले यस दिन केराको जरामा दियो बालेर वैवाहिक समस्याबाट छुटकारा पाउन सकिन्छ । एकादशीको दिन फूलको बिरुवा रोप्नुहोस्। श्रद्धापूर्वक एकादशीको व्रत गर्ने व्यक्तिको सबै पाप नाश हुने र स्वास्थ्य पनि राम्रो रहने जनविश्वास छ । एकादशीमा घरमा तुलसीको बिरुवाको सेवा गर्नुहोस्।