भगवान विष्णुलाई ब्रह्माण्डको पालनकर्ता भनिन्छ। सारा सृष्टि चलाउने हुन् श्रीहरि। देवशयनी एकादशी असार शुक्ल पक्षको एकादशीमा पर्छ। यस दिन भगवान विष्णु चार महिनाको निद्रा योगमा जानुहुन्छ र कार्तिक महिनाको देवूथनी एकादशीमा उठ्नुहुन्छ। यी चार महिनालाई चातुर्मास भनिन्छ। यी चार महिनामा पूजाआजाको महत्व बढ्छ। यी चार महिनामा कुनै शुभ तथा मांगलिक कार्य नहुने विश्वास रहेको छ। चतुर्मासमा कुन-कुन काम गर्न निषेध गरिएको छ जान्नुहोस्।
चतुर्मासमा यी काम गर्न निषेध गरिएको छ
यस वर्षको चातुर्मास असार २६ गतेदेखि सुरु हुँदैछ। यस अवधिमा विवाह, मुण्डन, गृहप्रवेश जस्ता सबै शुभ तथा मांगलिक कार्यहरू गर्दैनन्। यदि तपाईं चतुर्मासको समयमा व्रत बस्दै हुनुहुन्छ भने यस समयमा ओछ्यान र गलैंचामा सुत्नु हुँदैन। यी चार महिना ब्रह्मचर्य व्रत राख्नु पर्छ। साथै व्रतको नियम नमान्दा पनि पाप लाग्छ।
यदि तपाईं विवाहित हुनुहुन्छ भने, चार महिनासम्म ब्रह्मचर्य व्रत पूर्ण रूपमा पालन गर्नुहोस्। कुनै पनि हालतमा शारीरिक सम्बन्ध राख्नु हुँदैन। चतुर्मासमा साउन महिनालाई अति पवित्र मानिन्छ। यस महिनामा भगवान शिवको पूजा गरिन्छ। साउनमा व्रत बस्ने हो भने महिनाभर दाह्री, नङ, कपाल आदि काट्नु हुँदैन। यो महिनाभर प्याज, लसुन, मासु, म-दि’रा, धुम्रपान आदिको सेवन नगर्नुहोस्।
यस समयमा, यदि तपाईं व्रत बस्दै हुनुहुन्छ भने, यात्रा नगर्नुहोस्। चातुर्मासमा धेरै भन्दा धेरै भगवानको पूजा गरौँ । यस अवधिमा शरीर, मन र वाणी शुद्ध गर्न आवश्यक छ। साथै कसैप्रति घृणा, कटु बोली, लोभ, मोह, घमण्ड आदि नराख्नुहोस्।