नोवेम्बर महिनाभर यी ३ राशि हुनेहरुलाई मिल्नेछ धन र सुख, हुनेछन हरेक काम सफल!

सन् २०१९ को  नोवेम्बर महिना शुरु भैसकेको छ। नोवेम्बर महिना भर यस पटक धेरै ग्रहको राशि परिवर्तन परेको छ। यो महिनामा धेरै ग्रहको राशि परिवर्तन परेको हुँदा हरेक राशिको लागि छुट्टै-छुट्टै असर पर्नेछ।

 बुध, शुक्र र सूर्यले यसै महिना राशि परिवर्तन गर्दैछ। यस्तै राशि परिवर्तनको कारण निम्न उल्लेखित राशि हुनेहरुलाई नोवेम्बर महिनामा सबै भन्दै धेरै लाभ मिल्नेछ।

तुला

नोवेम्बर महिना तुला राशि हुनेहरुलाई धेरैनै लाभदायक हुने देखिन्छ। आर्थिक रुपमा महिना धेरैनै सुखद हुनेछ। शिक्षाको क्षेत्रमा पनि उल्लेख्य प्रगति हात लागि हुनेछ। सोचे अनुरुप सफलता हात लाग्नाले मानसिक रुपमा कुनै पनि तनाव रहनेछैन। यो महिना प्रतियोगिताहरुमा सजिलै सफलता मिल्नेछ। शत्रुले समेत मित्रवत व्यवहार गर्नेछन्। सरकारी स्तरबाट रोकिएका कार्य फेरी शुरु हुनेछन्।

कुम्भ

यस महिना लामो समय देखि अड्किएका कार्य सुचारु हुनेछन्। नयाँ कार्य थालनीको लागि पनि यस महिनामा उचित माहोल बन्नेछ। स्वास्थ्यमा आउने सुधारले दैनिकीमा धेरै मद्दत पुर्याउन सक्ला। कुम्भ राशि हुनेहरुलाई यस महिना पदोन्नति समेत मिल्ने योग देखिन्छ। परिश्रम अनुसारको फल मिल्नाले आत्मसन्तुष्टि समेत मिल्न सक्ला। पारिवारिक रुपमा रहेका समस्याहरु समेत टाढा हुने देखिन्छ।

मीन

यो महिना मीन राशि हुनेहरुलाई राजनीतिक रुपमा धेरै फाइदा मिल्न सक्ला। साथै यस महिना सरकारी कार्यमा पनि सफल्त हात लाग्नेछ। लामो दूरीको यात्राको सम्भावना समेत रहेको नोवेम्बर महिनामा व्यवसायमा आय बढ्नेछ। मेहनत अनुसार पूरा प्रतिफल प्राप्त हुन सक्ला। यस महिना कलाकार साथै खेलाडीहरुको लागि धेरै फलदायक रहनेछ। महिनाको अन्तिममा केहि स्वास्थ्य समस्याले भने सताउनेछ।

अर्को समाचार:

४ महिनाको योगनिन्द्रापछि आज ब्युँझनेछन् विष्णुजी, पूजाका विशेष लाभ !