काठमाडौं, यदि तपाई नुहाउँदा नि-र्वस्त्र नुहाउनुहुन्छ भने यस्तो गल्ती नगर्नुहोस् ।
यसरी नि-र्वस्त्र नुहाउनु गल्ती हो भनेर भगवानको पाला देखि चल्दै आएको कुरा हो । भगवान कृष्णको समय देखि नै नुहाउँदा शरीरमा कुनै प्रकारको पनि वस्त्र नलगाई नुहाउनु हुँदैन भनि विभिन्न शास्त्रहरुमा उल्लेख गरिएको छ ।
नदीमा नुहाईरहेका गोपिनीहरुको लुगा लुकाईदिएर नि-र्वस्त्र नुहाउनु हुँदैन भन्ने ज्ञान भगवान कृष्णले दिएका थिए । पद्यपुराण तथा श्रीमद्भागवत कथामा समेत कृष्ण एक भगवान हुन, जो संसारभरिका प्रत्येकलाई देखिरहेका हुन्छन् भनि उल्लेख गरिएको छ ।
भगवान कृष्णका अनुसार नि-र्वस्त्र नुहाउनाले वरुण देवताको अपमान हुन्छ । एक बन्द कोठामा पनि भगवान र सुक्ष्म जीवहरुको उपस्थिति हुन्छ, र नग्नताले तपाईलाई पापको भागी बनाउँछ ।
यस्तै गरुड पुराणमा स्नान गरिरहेको समयमा पितृ अर्थात पूर्वज वरपर हुने गर्दछन् । यदि नि-र्वस्त्र भएर नुहाएमा अग्रज रिसाई बल, धन र सुख पनि नष्ट हुन्छ भनि उल्ले छ ।