अगस्ट महिना भर यी ३ राशिलाई दुखै-दुख हुने !

ग्रह नक्षत्र कहिले पनि एकनास हुँदैन। ग्रहहरु गरेक समय आफ्नो स्थान परिवर्तन गरिरहन्छन्। यहि परिवर्तनले हरेक राशिको कुण्डलीमा असर पार्ने ज्योतिषीहरु बताउँछन्।

बिहिबारबाट अगस्ट महिना शुरु हुँदैछ। ग्रह स्थित र ग्रहको राशि परिवर्तनको कारण अगस्ट महिना निम्न उल्लेखित ४ राशि हुनेहरुलाई धेरै अशुभ हुन सक्छ।

कुम्भ राशि

सूर्यको अशुभ प्रभावको कारण कुम्भ राशि हुनेहरुलाई अगस्ट महिना भर दुख मात्रै मिल्न सक्छ। सामान्य विषयहरुमा ठूलै विवाद हुन सक्ला। विवाहित दम्पतिहरुको लागि समेत महिना खासै शुभ हुने देखिंदैन। लापरवाहीको कारण कानुनी समस्या आइलाग्ने देखिन्छ भने सरकारी क्षेत्रबाट पनि असहयोग हुने देखिन्छ।

सिंह राशि

अगस्ट महिना सिंह राशि हुनेहरुलाई खासै फलदायक नरहने देखिन्छ। आर्थिक रुपमा समस्या बढ्न सक्ला भने बन्न लागेको काम समेत बिग्रिंदा मानसिक तनाव बढ्नेछ। महिनाभर घर-जग्गामा लगानी नगर्दा नै उचित हुने देखिन्छ। स्वास्थ्यमा समेत समस्या आउँदा दैनिकी प्रभावित हुने देखिन्छ। यात्राको योजना बनेता पनि फलदायक भने नरहन सक्ला।

वृश्चिक राशि

महत्वपूर्ण कामहरु रोकिने हुँदा अगस्ट महिना वृश्चिक राशि हुनेहरुलाई खासै शुभ हुने देखिँदैन। आर्थिक स्थितिमा गिरावट पनि हुन सक्ला। नयाँ-नयाँ योजना असफल हुन सक्लान्। आफ्नाले पूर्ण सहयोग गर्दा पनि सफलता मिल्न भने गार्है पर्ने देखिन्छ। प्रेम सम्बन्धमा पनि खट-पट हुन सक्ने हुँदा सजकता अपनाउनु पर्ला।

अर्को समाचार:

भदौ महिनाको २४ गते सम्म शुक्रको साथ मिल्दा यी ४ राशि हुनेहरुलाई धेरै शभ !