भोलि मिति बिक्रम संवत २०७६ साल भदौ महिनाको ४ गते बुधवार इश्वी संवत २०१९ अगस्ट २१ तारिख, तपाईको दिन कस्तो रहला ?आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !
मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
चोरी वा ठगीमा परिने सम्भावना रहेको छ। लेनदेनमा बिशेष सजगता अपनाउनु पर्ने देखिन्छ। अनावश्यक दौडधुपमा समय बित्नेछ। परिश्रम गरे अनुरुप कार्यमा सफलता नमिल्दा मानसिक चिन्ता बढ्ने छ। स्वास्थ्य अनुकुल रहने छ। आर्थिक लाभ हुन् सक्ने सम्भावना रहेको छ।
वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )
रमणीय यात्राको सम्भावना रहेको छ। घरायसी वातावरण क्लेश्मय रहने छ। मेहनतले जीवनशैलीमा परिवर्तन आउने छ। मनबाट नकारात्मक विचार हटाउनु पर्नेछ। आय आर्जनको तुलनामा खर्चको मात्रा बढेर जानेछ। स्वास्थ्यमा समस्या देखिने छ। समग्रमा तपैअका लागि भोलिको दिन सामान्य रहेको छ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ। आय आर्जनमा वृद्धि भएर जानेछ। सहकर्मीको साथ र सहयोग प्रसस्त मिल्ने छ। नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ। सन्तान सुख मिल्नेछ। बैवाहिक जीवन सुखमय बित्नेछ। नाम दाम र इनाम कमाउने समय रहेको छ।
कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )
भुमि , बाहन र पैतृक सम्पतिबाट लाभ मिल्नेछ। पारिवारिक वातावरण सुखमय बित्नेछ। माताको तर्फबाट अधिक लाभ मिल्नेछ। स्वास्थ्य अनुकुल रहनेछ। आर्थिक लाभ भएर जानेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
श्रमको उचित मुल्यांकन हुनेछ। शारीरिक आलस्यता र थकानको महसुस हुनेछ। पेटसम्बन्धी समस्याको शिकार भइने छ। पढाई लेखाईमा प्रगति हुनेछ। धार्मिक यात्राको सम्भावना रहेको छ। संयम भएर अगाडी बढ्दा बिशेष लाभ हुने देखिन्छ।
कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
मेहनतले आम्दानी बढाउने छ। खानपानमा बिशेष ध्यान दिनुपर्ने छ अन्यथा स्वास्थ्यमा अनेक समस्या देखिनेछ। रिसलाई काबुमा राखेर अगाडी बढ्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ। सरकारी कार्यमा खासै सफलता मिल्ने छैन। खर्च बढेर जानेछ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
कामको सन्दर्भमा ठुला ब्यक्तिहरु संग घनिष्टता बढ्ने छ। सामाजिक तथा परोपकारी कार्यमा झुकाव बढ्नेछ। व्यापार व्यवसायमा वृद्धि भएर जानेछ। मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। आकस्मिक धनलाभको सम्भावना रहेको छ।
वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु (Scorpio)
ठुलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन समस्या पर्नेछ। शत्रुले नकारात्मक समयको फाइदा उठाउन सक्नेछन सजक रहनु पर्नेछ। तर पारिवारिक वातावरण भने उल्लासमय रहने छ। अस्वस्थ व्यक्तिको स्वास्थ्यमा क्रमश सुधार भएर जानेछ। अधुरा कार्यहरु पूर्ण भएर जानेछन।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ। क्रोधलाई काबुमा राखेर अगाडी बढ्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ। साहित्य लेखनको कार्यमा गहिरो रुचि बढ्ने छ। सन्तान सुख मिल्ने छैन। सकेसम्म यात्रामा ननिस्कादा नै राम्रो हुनेछ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी (Capricorn )
स्वास्थ्य अनुकुल रहनाले सोचे अनुरुप काम बन्ने देखिन्छ। व्यापार व्यवसायबाट भने खासै सफलता मिल्ने छैन। सामाजिक एवम सार्वजनिक क्षेत्रमा मान प्रतिष्ठा भंग भएर जान सक्ला बिशेष ख्याल गर्नु पर्नेछ। अनिन्द्राको समस्याले सताउने छ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
कृषि तथा पशु चौपायको क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ। पारिवारिक वातावरण उल्लासमय रहने छ। स्वास्थ्य अनुकुल रहने छ। छोटा तर रमणीय यात्राको सम्भावना रहेको छ। भातृत्व सुखको अनुभूति मिल्ने छ। मनमा उत्साह जागेर जानेछ। समग्रमा तपाईका लागि भोलिको दिन सुखद रहेको छ।
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces)
प्रयत्न गर्दा महत्वपुर्ण बस्तु हात लागि भएर जानेछ। साथी भाईको सहयोगले हिम्मत दिलाउने छ। अधुरा र अपुरा रहेका कामहरु सजिलै बन्ने देखिन्छ। अनावश्यक झैँ झमेलामा फ़सिएला सजक रहनु पर्नेछ। स्वास्थ्य अनुकुल रहेको छ। धार्मिक कार्यमा मन जानेछ। खानपानमा सजक रहनु पर्नेछ।