यमपञ्चकको तेस्रो दिन आज, माता लक्ष्मीको पूजा गर्दा यी ४ कुराहरुमा विशेष ध्यान दिनुहोस् !

तिहारमा माता लक्ष्मीको पूजालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । हिन्दू धर्म ग्रन्थ र पुराणमा धन र समृद्धिको अधिष्ठात्री देवी महालक्ष्मी/ लक्ष्मीलाई मानिएको छ । महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ । घरमा सुख-संम्पन्नता र सधै माता महालक्ष्मीको बास होस् भन्ने मनोकांक्षा सबैको रहेको हुन्छ ।

दिपावलीको दिन घरवरीपरि सफा सुघर राख्ने गरिन्छ । यदि फोहोर राखेमा माता लक्ष्मी रुष्ट हुने र घर उनको वास नरहने हुँदा जीवनभर आर्थिक संकट सामना गर्नुपर्ने हुन्छ। लक्ष्मी पूजाको दिन परिवारका सदस्यहरुले अपशब्द बोल्ने वा झैँ-झगडा गरेमा पनि माता लक्ष्मी रुष्ट हुने र घरमा अनिष्ठ हुन् सक्ने र घरमा विभिन्न समस्याहरु उत्पन्न हुने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ । आज हामी तपाईहरुलाई यस्तो एउटा रोचक जानकारी दिन जाँदै छौँ जसबाट घरमा लक्ष्मीको वास भएको संकेत गर्ने गर्छ। दिपावलीको रात तपाईले यी ४ चिज घर वरिपरि देख्नु भएमा लक्ष्मीले घरमा वास गरिसकेकी छिन् भन्ने संकेत रहने गर्छ।

आज हामी तपाईहरुलाई लक्ष्मीको पूजा गर्दा ध्यान दिनुपर्ने ५ कुराहरु बताउन जाँदै छौँ।

माटोको भाँडा : दिपावलीको दिन माता लक्ष्मीको पूजामा धुप बत्ति बल्दा माटोबाट बनाइएको भाँडा प्रयोग गर्नु शुभ हुनेछ। मैनबत्ति लगाएत अन्य बत्तिहरु भन्दा माटोको भाँडोमा बत्ति बल्दा माता लक्ष्मी प्रसन्न हुने कुरा बताइएको छ।

रंगोली : लक्ष्मीपूजामा रंगोलीको विशेष महत्व रहने गर्छ। दिपावलीको दिन हरेक घर वा कार्यालयमा रंगोली बनाई घर सजाउने गरिन्छ। घरमा रंगोली बनाउनाले समृद्धि बाटो खोल्ने विश्वास समेत रहेको छ।

कौडा : पहेंलो कौडा माता लक्ष्मीको प्रतिक मानिने गर्छ। दिपावलीको दिन चाँदी वा तामाको सिक्का सहित कौडाको पूजा गर्नु निकै महत्वपूर्ण मान्ने गरिन्छ।

नैवेद : दिपावलीको दिन महालक्ष्मीको पूजा गर्दा नैवेद अनिवार्य चढाउनुपर्छ। नैवेदमा प्रयोग गरिने फलफूल पाकेको हुनुपर्छ। विभिन्न पाकेको फलफूल, मिठाई , मेवा आदि नैवेदको रुपमा चढाउन सकिन्छ।

अर्को समाचार:

नोवेम्बर महिनाभर यी ३ राशि हुनेहरुलाई मिल्नेछ धन र सुख, हुनेछन हरेक काम सफल!