लगतार विकेट गुमाउँदै भारत पराजय तर्फ…

Leaderboard Banner

एजेन्सी – फाइनल प्रवेशका लागि मध्यम लक्ष्य पछ्याएको भारतले खराब सुरुवात गरेपछि न्युजिल्यान्ड जिततर्फ अग्रसर भएको छ ।

चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको भारतले लगतार विकेट गुमाई रहेको छ । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत संकटमा परेको हो ।

दोस्रो ओभरको तेस्रो बलमा म्याट हेनरीले ओपनर रोहित शर्मालाई कट निकाल्दै विकेटकीपर टम लेथमबाट १ रनमा क्याच आउट गराए। तेस्रो ओभरको चौथो बलमा कप्तान विराटलाई टेन्ट बोल्टले १ रनमा एलवी डब्लू आउट गरे । लगत्तै म्याट हेनरीले विकेटकीपर लेथमबाट ओपनर के एल राहुललाई १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्डले खेलमा पकड जमाएको थियो ।

त्यस्तै १० ओभरको अन्तिम बलमा म्याट हेनरीले दिनेश कात्तिकलाई ६ रनमा क्याच आउट गराए । जेम्श निशमले उत्कृष्ट एक हातले क्याच आउट गराउनु अघि उनले २५ बलमा १ चौका प्रहार गरे । पाँचौ विकेटका लागि हार्दिक पान्ड्या र ऋषभ पन्तले ४७ रनको साझेदारी गर्दै केहि आसा देखाएका थिए ।

२३ औं ओभरको पाँचौ बलमा मिचेल सान्टनारले कोलिन डी ग्राण्ड होमबाट क्याच गराउँदै पन्तलाई ३२ रनमा आउट गरेपछि भारतको जितको सम्भावना झिनो मात्रै देखिएको छ । पन्तले ६२ बलमा ४ चौका प्रहार गरे । त्यस्तै सान्टनारलेनै हार्दिक पान्ड्यालाई ३१ ओभरको तेसो बलमा ३२ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्ड जिततर्फ अग्रसर छ ।

२ सय ४० रनको विजयी लक्ष्य पछ्याएको भारतले ३६ ओभरमा ६ विकेट गुमाउँदा १२२ रन बनाएको छ । उसका महेन्द्र सिंह धोनी २१ र रविन्द्र जडेजा १७ रनमा खेली रहेका छन् ।

प्रकाशित : बुधबार, असार २५, २०७६१८:३०
अर्को समाचार: