ट्रक अनियन्त्रित भई सडकबाट खसेर रुखमा अड्कियो

Leaderboard Banner

नवलपरासीबाट सिमेन्ट लिएर दमौलीतर्फ आउँदै गरेको ना५ख १३७ नंको ट्रक आज साँझ तनहुँको घाँसी कुवामा दुर्घटना भएको छ । घाइते हुनेमा व्यास नगरपालिका–१२ निवासी १७ वर्षीय अर्जुन थापा र सोही ट्रकका सहचालक प्यूठान जिल्ला शर्मारानी गाउँपालिका–३ निवासी २० वर्षीय मुमबहादुर थापा रहेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक सडकबाट तल खसेर रुखमा अड्कीएको छ ।

पैदलयात्री तनहुँको व्यासनगरपालिका–१२ घाँसीकुवा निवासी अर्जुन थापालाई ट्रकले एक्कासि ठक्कर दिएपछि अनियन्त्रित भई पृथ्वी राजमार्ग सडकबाट करीब २५ मिटर तल खस्दा उक्त दुर्घटना भएको हो । सख्त घाइते भएका दुवै जनाको दमौली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित : सोमबार, असार १६, २०७६२०:०३
अर्को समाचार:

हाइड्रो कंस्ट्रक्शनको कार्यलय भित्र थुनिएकाहरुको उद्धार कार्य शुरु ! [भिडियो सहित]