सात वर्षीया बालिकालाई जबर्जस्ती करणी

Leaderboard Banner
सांकेतिक तस्विर

अछाममा सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

बालिका जबर्जस्ती करणी गरेको आरोपमा साँफेबगर नगरपालिका–४ का मदन बादीलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई एक्लै भएको मौका छोपी आइतबार १ः३० बजेतिर मुख च्यापेर जबर्जस्ती करणी गर्न लागेको अवस्थामा स्थानीयवासीले देखेपछि बादीलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीले टेलिफोनमार्फत जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरी बालिकाका बुबाले दिएको किटानी जाहेरीका आधारमा निज मदन बादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपी बादीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर जबर्जस्ती करणी उद्योग मुद्दामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रकाशित : सोमबार, असार १६, २०७६१९:५४
अर्को समाचार:

ट्रक अनियन्त्रित भई सडकबाट खसेर रुखमा अड्कियो