ललितपुरको केमिकल गोदाममा भिषण आगोलागी !

Leaderboard Banner

काठमाडौँ : बिहिबार बिहान ललितपुरको भैंसेपाटीस्थित केमिकल गोदाममा आगोलागी भएको छ ।

भैंसेपाटीमा रहेको किरणप्रसाद श्रेष्ठको सोडिय हाइड्रो सल्फिट गोदाममा बिहान ३ बजे लागेको आगो करिब ६ घण्टापछि  ९ बजेमात्र नियन्त्रणमा आएको हो ।

ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाको ४ दमकल, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो ६ घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताइएको छ ।

प्रकाशित : बिहिबार, जेठ १६, २०७६१०:११
अर्को समाचार:

सात वर्षीया बालिकालाई जबर्जस्ती करणी