सासुले प्रहरीकै अगाडी महिला उठाएर बुहारीलाई मरणासन्न हुनेगरि कुटाएपछि… [भिडियो]

Leaderboard Banner

काठमाडौँ : घरयासी विवादका कारण सुनसरीका महिलाहरुबीच जिल्ला प्रहरी कार्यालय कार्यालयमा झडप भएको छ ।

श्रीमान विदेश गएपछि घरबाट हिँडेकी श्रीमती श्रीमान फर्किने समय भएपछि घर फर्किएको र सासुले घरमा पस्न नदिएकाले माइतीपक्ष बोलाएपछि भएको विवाद मिलाउन प्रहरी कार्यालयमा जम्मा भएका महिलाहरु बीच कुटाकुट भएको हो ।

सासुले आफ्नी छोरीलाई घरमा छिर्न नदिएपछि समाज भेला गरि छलफल गर्दै गर्दा कपाल भुतल्याउदै लडाएर कुटपिट गरेपछि एक महिला बेहोस भएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयको महिला सेलमा छलफल गर्न भेला भएपछि नाताले सम्दी सम्दीनी पर्ने बिच झडप भएको र त्यसक्रममा एकजना घाइते भएको बताइएको छ ।

प्रहरीले झडपमा संलग्न महिलाहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ ।

बहुबिवाहको अारोपमा जिप्रका सुनसरी अघिनै महिलालाई मरणासन्न हुनेगरि कुटपिट ।

Gepostet von Bed Raj Poudel am Sonntag, 5. Mai 2019

प्रकाशित : आइतबार, बैशाख २२, २०७६१७:५९
अर्को समाचार:

भारी वर्षासँगै खसेको चट्याङ लगेर ७ जना घाइते !