एम्बुलेन्स र टाटा सुमो ठोक्किदा ६ जना घाइते !

Leaderboard Banner
सांकेतिक तस्बिर

काठमाडौँ : संखुवासभाको खाँदवारी नगरपालिका-८ मा आज एम्बुलेन्स र टाटा सुमो गाडी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दिउँसो १ बजे तुम्लिङटार सडक खण्डमा खाँदबारीबाट तुम्लिङटार तर्फ जाँदै गरेको को १ झ ४४८ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट आउँदै गरेको को १ च ७६३४ नम्बरको टाटा सुमो गाडी एक आपसमा ठक्कर खाई दुर्घटना दुर्घटना भएको हो ।

दुर्घटनामा सुमोमा सवार रहेका खाँदबारी नगरपालिका-३ बस्ने बर्ष ५६ को हेमराज घिमिरे, बर्ष १८ की मनिषा गुरुङ, भोजपुर साल्पा-सिलिछो गाउँपालिका-३ बस्ने बर्ष १८ की चन्द्रकला लिम्बु त्यसैगरी एम्बुलेन्समा सवार खाँदबारी नगरपालिका-९ बस्ने बर्ष २४ की बिनिता मगर, निजको छोरा बर्ष ९ को आयुष मगर र एम्बुलेन्स चालक खाँदबारी नगरपालिका-१ बस्ने बर्ष ४० को अम्बर राई घाइते भएका हुन् ।

दुर्घटनामा घाइते सवैलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। दुवै सवारी साधन र सुमो चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख ०३, २०७६१७:४३
अर्को समाचार:

भर्खरै काठमाडौँमा भूकम्पको कडा धक्का