‘‘पब्जी’ माथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट ! [पत्र सहित]

Leaderboard Banner

काठमाडौँ : ‘पब्जी’ माथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सरकारले इन्टरनेट गेम ‘पब्जी’ माथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै मंगलबार प्रवीण सुवेदीसहितले सो निर्णय कार्यान्वयन नगर्न मागदावी गरेका हुन।

पब्जी खेलका विषयमा जनगुनासो बढ्न थालेपछि सरकारले यस खेल माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारले दिएको निर्देशन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जी खेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेल माथि प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको बताएका छन्।

आत्महत्यासम्मको घटना समेत बढ्न थालेपछि नेपालमा पब्जी माथि प्रतिबन्ध लगाउन निर्देशन दिएको बास्कोटाले बताए।पब्जी खेलमा प्रतिबन्ध लगाएको बारे प्राधिकरणका एक उच्च अधिकारीले पुष्टि गरेका छन्।

सरकारले दिएको निर्देशन अनुसार प्राधिकरणले देशका सम्पूर्ण टेलिकम र इन्टरनेट प्रोभाइडरलाई पब्जी माथिको प्रतिबन्ध बारे जानकारी गराइसकेको छ । यस गेमका कारण विभिन्न खालका समस्या बढेको भन्दै जनगुनासो आउन थालेपछि प्रतिबन्ध लगाइएको हो।

प्रकाशित : मङ्गलबार, बैशाख ०३, २०७६१७:०४
अर्को समाचार:

काठमाडौँमा ठगी गर्ने गिरोहको बिगबिगी , धेरै कमाउने लोभ नगर्नुस् ! फसिएला