‘पोई पर्यो काले’ को लागि पूजा र आकाशले लिए महँगो पारिश्रमिक!

Leaderboard Banner

काठमाडौँ, बैशाख १ । निर्देशक शिशिर राणाको निर्देशनमा बन्न लागेको चलचित्र ‘पोई पर्यो काले’ मा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा अनुबन्धित भएका छन् । चलचित्र ‘तिमी सँग’ का निर्देशक शिशिर राणाकै लेखनमा बन्न लागेको यस फिल्मको  लागि पूजा र आकाशले महंगो पारिश्रमिक लिएका छन् । पुजाले यस  चलचित्रका लागि २० लाख र आकाशले १८ लाख पारिश्रमिक लिएका हुन् । २० लाख पारिश्रमिक लिए सँगै पूजा नेपाली चलचित्रको सबैभन्दा महंगी नायिका बनेकी छिन् । उनले यसअघि चलचित्र ‘सम्हालिन्छ कहिले मन’ का लागि १५ लाख पारिश्रमिक लिएकी थिइन् ।

 चलचित्रको छायांकन जेठबाट सुरु हुने निर्देशक राणाले बताएका छन् । आकाश र पूजा चलचित्रमा जोडीको रुपमा देखिनेछन् । चलचित्र कात्तिक ८ गते लक्ष्मीपूजाको अवसर पारेर रिलिज गरिने बताइएको छ । यस चलचित्रका निर्माता दिपक मनाङ्गे हुन् भने रघु परियार र किरण नेपाली कार्यकारी निर्माता हुन् ।

प्रकाशित : आइतबार, बैशाख ०१, २०७६२०:३५
अर्को समाचार:

के साच्चै राहुल गान्धीको प्रेम सम्बन्धमा छिन यी अभिनेत्री ? यस्तो छ खास कुरा