काभ्रेको बनेपामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षकको मृत्यु, १ घाइते

Leaderboard Banner
सांकेतिक तस्बिर

काठमाडौँ : अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपामा ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ।

शुक्रबार बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ७९ प ९३८८ नम्बरको मोटरसाइकललाई सोहि दिशातर्फ जाँदै गरेको ना ३ ख ६७८३ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक बनेपाको लिन इन्टरनेशनल एकेडेमीमा कार्यरत गणेश तामाङको मृत्यु भएको हो।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति सोही विद्यालयकी यसोदा हमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा घाइते हमालको धुलिखेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याईएको छ भने ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।

प्रकाशित : शनिबार, चैत ३०, २०७५१२:००
अर्को समाचार:

बस दुर्घटनामा एकको मृत्यु , १० जना घाइते