सञ्चारमन्त्री बाँस्कोटाका स्वकिय सचिव कुटिए !

Leaderboard Banner

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका स्वकिय सचिवमाथी हातपात भएको छ।

काभ्रेको पनौती नगरपालिकामा स्थित ढलमले भन्ने स्थानमा गाडीमा सवार बाँस्कोटाका स्वकिय सचिव  राजकुमार सापकोटालाई मोटरसाइकललाई साइड दिने क्रममा भएको सामान्य विवादपछि स्थानीयले हातपात गरेका हुन।

बिहीवार साँझ परिवार सहित हिँडेका सापकोटामाथि कुटपिट गरि आँखा माथि गहिरो चोट बनाएपछि उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा लगिएकोमा थप उपचारका लागि राती नै नर्भिक अस्पताल पुर्याएको बताइएको छ।

सापकोटामाथि हातपात गरि घाइते बनाएको आरोपमा प्रहरीले सोहि स्थानका सुमन बोगटी, चन्दन बोगटी र प्रमेश केसीलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ।

मोटरसाइकललाई साइड दिने क्रममा गल्ति गरेका सापकोटाले राजनीतिक पहुँच देखाएर उम्किन खोजेको भन्दै स्थनीयले हातपात गरेको एक स्रोतबाट खुल्न आएको छ।

प्रकाशित : शुक्रबार, चैत २९, २०७५१८:५९
अर्को समाचार:

‘नेपालको स्वास्थ्य सेवा सरकारी चिकित्सकले नभई निजी चिकित्सकहरुले धानेका छन्’