कोलकतासँग खेल्दै सन्दीपको दिल्ली: अघिल्लो खेलमा चुटिएका सन्दिप आज टिममा पर्ने सम्भावना कति ?

Leaderboard Banner

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २६ औं खेलमा आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्ससँग खेल्दै छ। खेल नेपाली समय अनुसार बेलुका ८ः१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुनेछ ।

यसअघि दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा कोलकता सुपर ओभरमा पराजित भएको थियो । जारी आईपीएलमा कोलकताले ६ खेलमा ४ मा जित र २ मा हारका साथ अंक तालिकामा दोस्रो स्थानमा छ । दिल्ली ६ खेलमा समान ३ खेलमा हार र जितका साथ छैटौं स्थानमा छ । दिल्लीलाई अघिल्लो चरणको यात्रा बलियो बनाउन आजको खेल जित्नुपर्ने दबाब छ ।

आजको खेलमा सन्दीपले टोलीमा मौका पाउने नपाउने अन्यौल छ। यस अघि बेंगलोरसँगको खेलमा ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिदै महँगो सावित भएका थिए । जारी आईपीएलमा सन्दीपले ४ खेलमा ५ विकेट लिएका छन् । पछिल्ला खेलमा बेन्चमा बसेका अमित मिश्रालाई आज मैदान उतार्दै सन्दीपलाई बेन्चमा राख्न सक्ने संभावना पनि छ ।

दिल्लीले त्यस्तै आजको खेलमा शिखर धवनको स्थानमा न्युजिल्यान्डका ओपनर कोलिन मुनरोलाई मैदान उतार्न सक्ने संभावना पनि उतिकै देखिन्छ । आसा गरे अनुसार प्रर्दशन गर्न नसक्दा धवन बेंगलोरसँगको खेलमा शुन्यमा आउट भएका थिए । यता कोलकता उच्च मनोबलका साथ मैदान प्रवेश गर्ने छ । आन्द्रे रसेलले असम्भव बनेको खेल पनि सहजै जिताएका छन् । रसेललाई रोक्नु दिल्लीका बलरलाई ठूलो चुनौती हुने छ ।

प्रकाशित : शुक्रबार, चैत २९, २०७५१७:३०
अर्को समाचार:

यी ३ खेलाडीकै कारण नेपालले सिंगापुरलाई फराकिलो अन्तरले हरायो !