वडा सचिवको मिलोमतोमा हकदारलाई झुक्याएर नामसारी गरिएको जग्गाको उजूरी जनअदालतमा परेपछि कब्जा !

Leaderboard Banner
फाइल तस्बिर

काठमाडौँ : किर्तिपुर बस्ने निराजन थापाको नाममा रहेको १३ रोपनी १५ आना जग्गा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कब्जा गरेको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ का मानबहादुर लामाको जग्गा जालसाँची गरेर खरिद गरेको ऊजूरी परेपछि विप्लव नेकपाको जनअदालतले सो जग्गा कब्जा गरेको हो।

नेकपाले शुक्रबार एक विज्ञप्ति जारी गरि बुवा रत्नबहादुर लामाको नाममा रहेको २१ रोपनी ११ आना जग्गा मध्ये कान्छो छोरा बुद्धिबहादुर लामाले अंश भागबन्डा गरी ७ रोपनी ४ आना जग्गा आफ्नो नाममा नामसारी गरेको , ८ आना जग्गा घरायसी व्यवहारले बेचेको र बाँकि १३ रोपनी १५ आना जग्गा बैंकमा राखेर पैसा निकासा गरिदिन्छु भन्दै मालपोत पुर्याई तत्कालिन वडा सचिवलाई घुस खुवाएर बेचबिखन सिफारिस बनाएर साविक मदनपुर-८ बस्ने सुर्जे बहादुर तामाङले आफ्नी श्रीमती सविता तामाङको नाममा नामसारी गरि पछि किर्तिपुरका निराजन थापालाई करोडौंमा बेचेको र जग्गाका हकदारलाई सुकुम्बासी बनाएकाले उक्त जग्गा पार्टीले कब्जा गरेको जानकारी गराएको छ।

“आफ्नो जमिन बैंकमा राखिदिन्छु भनी जालसाजी गरेर बेचविखन गर्ने भु–दलाललाई कारबाही गरि न्यायका लागि हाम्रो पार्टीलाई अनुरोध गरेकाले पीडितले न्याय नपाउन्जेल उक्त जमिन रोक्का गरि कुनै संघ संस्था र व्यक्तिलाई कारोबार नगर्न अनुरोध गरिन्छ।” विज्ञप्तिमा भनिएको छ।

यसकासाथै नेकपाले  विज्ञप्ति मार्फत भु–माफिया सुर्जेबहादुर, उनकी श्रीमती सविता तामाङ, जग्गा किन्ने निराजन थापा र तत्कालीन सचिव किरण श्रेष्ठलाई कारबाहीको माग गरिएको छ।

 

प्रकाशित : शुक्रबार, चैत २९, २०७५१७:१३
अर्को समाचार:

प्रधानमन्त्रीको उखान टुक्काले समृद्धि आउँदैन, अब हजारौ सिके राउत जनमन्छन् – राजेन्द्र महतो