चीनमा रेल पल्टिएर घरभित्र पस्यो , ४ जना मृत फेला , अन्यको उद्धार कार्य जारी !

Leaderboard Banner

एजेन्सी : चीनमा मालबाहक रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

मध्य चीनमा आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पस्दा रेलका २५ वटा डब्बा रेलमार्गबाट बाहिर उछिट्टिएर दुर्घटना भएको हो।

चीनको हेनान प्रान्तको गोन्यीमा भएको उक्त दुर्घटनामा चार जना रेलसेवाका कर्मचारी र दुई जना स्थानीय मृत फेला परेका छन् भने अन्यको उद्धार र खोजि कार्य जारी रहेको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

रेलमार्गबाट बाहिर उछिट्टिए डिब्बाहरु पन्छाऊँदै घाइते तथा मृतकको उद्धार भईरहेको बताइएको छ। उक्त रेल दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित : शुक्रबार, चैत २९, २०७५१५:५७
अर्को समाचार:

रामलीला हेर्न गएका युवाहरु बीच खुकुरी हानाहान !