यस्तो रमाइलो बन्यो ‘दाल भात तरकारी’ को ट्रेलर [भिडियो सहित]

Leaderboard Banner

काठमाडौँ, चैत्र २९ । चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै ट्रेलर युट्युबमा रिलिज गरिएको हो । बैशाख २० गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मलाई कलाकार किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका छन्।

यस फिल्ममा किरण केसी, रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, राजाराम पौडेल, विल्सन विक्रम राइ लगायतले निर्माण गरेका हुन्। फिल्ममा हरिवंश आचार्यको कथा, पटकथा तथा सम्वाद रहेको छ  । फिल्ममा शम्भुजित बास्कोटाको संगीत रहेको छ ।यस चलचित्र ‘दाल भात तरकारी’ मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आंचल शर्मा, वर्षा राउत, किरण केसी, राजाराम पौडेल, मोहित बंश आचार्य, यमन श्रेष्ठ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ।

प्रकाशित : शुक्रबार, चैत २९, २०७५१४:१५
अर्को समाचार:

तेह्र वर्षीय बालिकालाई फकाएर साथीको कोठामा पुर्याई बलात्कार !