पूर्व माओवादी र एमालेका केन्द्रिय नेतासहित २२ जना विप्लवको पार्टीमा प्रवेश ! यस्तो छ कारण..

Leaderboard Banner

काठमाडौँ : सत्तारुढ नेपाल कम्नियुष्ट पार्टी (नेकपा)का २२ जना नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन्।

तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य टीका पोखरेल सहित नेकपाका करिब २ दर्जन नेता कार्यकर्ताले संयुक्त विज्ञप्ति जारी गरि विप्लवको नेकपामा प्रवेश गरेको जानकरी गराएका हुन।

विप्लवको पार्टीमा प्रवेश गर्नेहरुमा पूर्व माओवादी केन्द्रका केन्द्रिय सदस्य टीका पोखरेल, पूर्व एमाले युवा संघका केन्द्रीय सदस्य कुमार शर्मा, पूर्व माके जिल्ला सदस्य विमल, अग्नि, सन्तोष , सरोज, सुधिर, मुना, गाउँ कमिटि सदस्य समीर, श्याम, निर्मला, सरल, अभिषेक, जितेन्द्र, चेतन, र पूर्व एमालेकाे गाउँ कमिटि सदस्य भानुभक्त, अमर, राजु, सुजन, सुरज, सौगात र भिम रहेका छन् ।

“नेपाली कम्नियुष्ट आन्दोलनको प्रभाव र महान जनयुद्धको राप र तापबाट नेपालमा एक प्रकारको एतिहांसिक राजनितिक परिवर्तन भएको सर्वबिदितै छ”। विज्ञप्तिमा भनिएको छ।

सत्तारुढ नेकपाबाट अगल भएको संयुक्त जानकारी गराएका उनीहरुले विज्ञप्तिमा थप भनेका छन् : दलाल र भ्रस्टहरुको नक्कली कम्नियुष्ट पार्टी परित्याग गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने महान उदेश्य बोकेर संघर्षरत नेपाली श्रमिक तथा देशभक्त नागरिकहरुको पार्टी नेपाल कम्नियुष्ट पार्टिमा समाहित भएको कुरा यसै वक्तब्य मार्फत सगौरव घोसणा गर्दछौं ।

प्रकाशित : शुक्रबार, चैत २९, २०७५११:४६
अर्को समाचार:

किराना पसलमा लागेको आगोले १५ लाखको क्षति !